५० हजार धरौटीमा छुटे नक्कली आरोपित दुई चिकित्सक
ललितपुर १९ असार – नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका ललितपुरका दुई चिकित्सकहरु ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
ललितपुर जिल्ला अदालतले आइतबार उनीहरुलाई ५० हजार धरौटी लिएर छाडने आदेश दिएको हो । त्यसरी छुट्नेहरुमा किष्ट मेडिकल कलेजका दिपेश पौडेल र परिवार नियोजन संघ ललितपुरका गजानन्द प्रसाद भण्डारी छन् ।
उनीहरुलाई २० लाख भन्दा धेरै ठगीको बिगो कायम गरि मुद्दा दायर गरिएको थियो । मोरङमा मुद्दा चलाइएकालाई भने अदालतले प्रहरीले मागदाबी गरेको बिगोअनुसार नै धरौटी माग भएको थियो ।
काठमाडौंमा अरुण गुप्ता, गणेश शाहसहित ४ जनाविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
अन्य आठ जनाको हकमा बिगो प्रष्ट नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाई म्याद थप गरेको छ ।