अवहेलनाको डरले रोग लुकाउँछन एचआइभी संक्रमित

hiv

स्याङ्जा १७ जेठ – सामाजिक अवहेलनाको डरले एचआइभी संक्रमितरुले रोग लुकाउने गरेका छन् । रोग खुल्ने डरले परीक्षणका लागि स्वास्थ्य संस्था नजाँदा संक्रमितको तथ्यांक समेत यकिन हुन सकेको छैन् ।

जिल्लामा हालसम्म २ सय २० जनामा संक्रमणदेखिएको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । ती संक्रमितहरुले कम्युनिटी सपोर्ट ग्रुपबाटसेवा लिइरहेका छन् । जसमा ११७ महिला र १०३ जना पुरुष रहेका छन् । ती मध्ये १७४ जनाले जिल्ला अस्पतालबाट एआरभी खाँदै आएका छन् ।

आवास सुविधासहित सेवा दिदै आएको सपोर्ट ग्रुपले थप सेवा र उपचारका लागि पोखराको गण्डकी अस्पताल र काठमाडौँको टेकु अस्पतलामा रिफर गर्ने गरेको कार्यालय प्रमुख मेनुका सेनले बताइन् ।

रिचमण्ड फेलोसिप नेपाल स्याङजाका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठले चापाकोट नगरपालिकामा सबभन्दा धेरै २७ जना संक्रमित भएकोमा दुई जनाको मृत्यु भइसकेको जानकारी दिए ।

त्यस्तै पुतलीबजार नगरपालिकामा २३, पकवादी गाविसमा १७ र श्रीकृष्ण गण्डकी गाविसमा १३ जना संक्रमित रहेको पाइएको छ । जिल्लामा रहेका ३६ संक्रमित बालबालिकालाई सेभ द चिल्ड्रेनले बालबालिका सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मासिक ३६ हजार रुपैयाँ वितरण गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *