स्वास्थ्यमा सरुवा: चिकित्सासेवा महाशाखामा डा. दीपेन्द्ररमण, एचआईभीमा डा. तरुण

8.4k
Shares
dr dipendr raman sing
डा. दीपेन्द्ररणम सिंह

काठमाडौँ – स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुखको रुपमा डा. दीपेन्द्ररणम सिंह आएका छन् । उनी यसअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक थिए । चिकित्सा सेवा महाशाखाका प्रमुख रहेका डा. गुणराज लोहनीलाई स्वास्थ्य बीमा कार्यक्रममा सरुवा गरेपछि रिक्त भएको स्थानमा सिंहलाई ल्याइएको हो ।

गत साताको मन्त्रीस्तरीय बैठकको निर्णयबाट डा. सिंहको स्थानमा धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरीडेन्डन डा. तरुण पौडेललाई ल्याइएको छ । त्यस्तै भरतपुर अस्तपालको प्रमुखमा डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

कार्यभार सम्हाले देखीनै सरुवा कार्यलाई मात्रै प्राथमिकता राखेका स्वास्थ्यमन्त्री रामजनम चौधरीको  कर्मचारीबृत्तबाट चर्को आलोजना भईरहेको छ । यद्धपी उनले आलोचनाको वेवास्ता गर्दै सरुवा प्रक्रियालाई निरन्तरता दिएका छन् । उनलाई सरुवाका बेला व्यापक आर्थिक चलखेल गर्ने गरेको समेत आरोप लाग्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *