चिकित्सा सेवा महाशाखाका प्रमुख डा. लोहनी स्वास्थ्य बीमा कार्यक्रमका निर्देशक

dr gunarajकाठमाडौँ – स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखा डा गुणराज लोहनी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गठित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको निर्देशक भएका छन् । एक साता अघि भएको मन्त्रीस्तरीय निर्णयबाट डा लोहनीलाई समितिमा पठाउने निर्णय भएको हो । 

मन्त्रालयले गत ४ फागुनमा गृहमन्त्रालयबाट बढुवा आएका सहसचिव प्रदीपकुमार कोइरालालाई बीमा कार्यक्रमको जिम्मेबारी दिएको थियो । तर उनी सो निर्णय अनुसार समितिमा हाजिर हुन पुगेनन् ।

डा लोहनीले भने शुक्रबार ( आज ) समितिमा पुगी हाजिर भएका छन् । नेपाली हेल्थसंग कुरा गर्दै आफूले आजैबाट नयाँ जिम्मेबारी सुरु गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सा सेवा महाशाखाका प्रमुख डा. लोहनी स्वास्थ्य बीमा कार्यक्रमका निर्देशक

Leave a Reply

Your email address will not be published. Required fields are marked *