बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम दुईसाता पछि कैलालीबाट सुरु हुँदै

mohp

रामप्रसाद न्यौपाने /काठमाडौँ – सरकारले तीन बर्ष अघि देखी घोषणा र तयारी गर्दै आएको बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम दुई साता पछि सुरु हुने भएको छ । स्वास्थ्य बीमा सञ्चालन गर्न गठित सरकारी निकाय स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको ५ चैतमा बसेको बैठकले २५ चैत देखी स्वास्थ्य बीमा कार्यक्रम सुभारम्भ गर्ने निर्णय गरेको हो ।

नमूनाको रुपमा स्वास्थ्य बीमा कार्यक्रम यसबर्ष तीन जिल्लामा लागू हुने भनिएपनि सुरुवात भने कैलालीबाट हुने भएको छ । कैलाली बर्तमान स्वास्थ्यमन्त्रीको गृहजिल्ला पनि हो ।

स्वास्थ्स्य मन्त्री रामजनम चौधरीको गृहजिल्ला कैलालीमा २५ चैत देखि नाम दर्ता र १ जेठ देखि विमित व्यक्तिले उपचार सेवा लिन सक्नेछन् । कैलालीमा उपचार सेवा सुरु भए लगत्तै इलाम र बाग्लुङमा कार्यक्रम सुरु गर्न नाम दर्ताको तयारी थालिने समितिले जनाएको छ ।

कैलालीमा सुरुवात भएलगत्तै बाग्लुङ र इलाममा नाम दर्ता सुरु गरिने समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताए । उनले २५ चैतबाट कैलालीमा विमित व्यक्तिहरुको दर्ता सुरु गर्ने कार्यक्रम भएको बताए । जेठ १ देखी त्यहाँ उपचार सेवा प्रारम्भ भएपछि बाँकी जिल्लाहरु इलाम र बाग्लुङमा पनि नाम दर्ता प्रक्रिया थालि हाल्ने जानकारी दिए ।

बीमाको कार्यप्रारम्भ २५ चैत देखी सुरु हुँदैछ । १ जेठ देखि उपचार सेवा सुरु हुनेछ । त्यसबीचमा विमित व्यक्तिको दर्ता, अस्पतालहरुसंग सम्झौता तथा जनचेतना लगायतका कामहरु हुनेछ । हामी आज देखी नै यी कार्यमा क्रियाशिल भइसक्यौँ धनगडीमा रहेका निर्देशक डा लोहनीले सोमबार विहान टेलिफोनमा भने । बीमा कार्यक्रम सुभारम्भ गर्नका लागि केन्द्रबाट कार्यकारी निर्देशक सहित ९ जना कर्मचारी धनगडी पुगिसकेका छन् ।

झण्डै एक लाख ४२ हजार घरधुरी रहेको कैलालीमा करीब ७ लाख जनसंख्या रहेको छ । ती सबैको नाम संकलन गर्न १२४ जना दर्ता सहयोगीको नियुक्त गरेको भइसकेको छ । सहयोगीले एउटा व्यक्तिको नाम दर्ता गरेवापत ४० रुपैयाँ कमिसन पाउनेछन् ।

कसरी सञ्चालन हुँदैछ स्वास्थ्य बीमा ?

स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिबार ( पाँच जना )ले बार्षिक रुपमा २ हजार ५ सय प्रिमियम बुझाएपछि ५० हजारसम्मको उपचार गर्न सक्नेछन् । एउटा परिबारमा पाँच जना भन्दा बढी सदस्य रहे थप सदस्यले ४५० रुपैयाँ प्रिमियम बुझाउनुपर्ने छ भने थप १० हजार रुपैयाँको उपचार सेवा थप हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिबार ( पाँच जना )ले बार्षिक रुपमा २ हजार ५ सय प्रिमियम बुझाएपछि ५० हजारसम्मको उपचार गर्न सक्नेछन् । एउटा परिबारमा पाँच जना भन्दा बढी सदस्य रहे थप सदस्यले ४५० रुपैयाँ प्रिमियम बुझाउनुपर्ने छ भने थप १० हजार रुपैयाँको उपचार सेवा थप हुने व्यवस्था गरिएको छ ।

समितिले अहिलेसम्म ६६ किसिमका रोगहरुको उपचारको मूल्य( कस्टिङ) निकालेको छ । त्यसबाहेक थप केही रोग तथा सर्जरीहरु पनि थपिने निर्देशक डा लोहनीले बताए ।

बीमाका लागि अति गरिब परिबारको सत प्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरीव परिबारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिबारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ ।

बीमाका लागि अति गरिब परिबारको सत प्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरीव परिबारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिबारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ ।

उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि यसपटक सरकारले ५० करोड रकम विनियोजन गरेको छ ।

….र यो पनि पढ्नुहोस्

# डा. गुणराज लोहनी स्वास्थ्य बीमा कार्यक्रमका निर्देशक

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम दुईसाता पछि कैलालीबाट सुरु हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *