चिकित्सा सेवा महाशाखाका प्रमुख डा. लोहनी स्वास्थ्य बीमा कार्यक्रमका निर्देशक
काठमाडौँ – स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखा डा गुणराज लोहनी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गठित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको निर्देशक भएका छन् । एक साता अघि भएको मन्त्रीस्तरीय निर्णयबाट डा लोहनीलाई समितिमा पठाउने निर्णय भएको हो ।
मन्त्रालयले गत ४ फागुनमा गृहमन्त्रालयबाट बढुवा आएका सहसचिव प्रदीपकुमार कोइरालालाई बीमा कार्यक्रमको जिम्मेबारी दिएको थियो । तर उनी सो निर्णय अनुसार समितिमा हाजिर हुन पुगेनन् ।
डा लोहनीले भने शुक्रबार ( आज ) समितिमा पुगी हाजिर भएका छन् । नेपाली हेल्थसंग कुरा गर्दै आफूले आजैबाट नयाँ जिम्मेबारी सुरु गरेको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




One thought on “चिकित्सा सेवा महाशाखाका प्रमुख डा. लोहनी स्वास्थ्य बीमा कार्यक्रमका निर्देशक”