बेलायतमा ५५ हजार डाक्टर हड्तालमा !

0
Shares

doctor

एजेन्सी – भूक्तानी तथा जिम्मेबारी सम्वन्धी सरकारले ल्याएको नयाँ योजना चित्त बुझ्दो नभएको भन्दै बेलायतका जुनियर डाक्टरहरु हडतालमा उत्रिएका छन् । अस्तपालमा इन्टर्नसीप गर्दै रहेका तथा १० बर्षसम्मको कार्याअनुभव बटुलेका करीब ५५ हजार डाक्टर २४ घण्टे हडतालमा उत्रिएपछि अस्पतालका सेवा प्रभावित भएको छ ।

हडतलाका कारण करिब चार हजार शल्यक्रिया तथा बहिरंङ सेवा प्रभावित भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यसैबीच बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आन्दोलनमा उत्रिएका डाक्टरलाई विरोधका कार्यक्रम फिर्ता गरी संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *