बेलायतमा ५५ हजार डाक्टर हड्तालमा !

doctor

एजेन्सी – भूक्तानी तथा जिम्मेबारी सम्वन्धी सरकारले ल्याएको नयाँ योजना चित्त बुझ्दो नभएको भन्दै बेलायतका जुनियर डाक्टरहरु हडतालमा उत्रिएका छन् । अस्तपालमा इन्टर्नसीप गर्दै रहेका तथा १० बर्षसम्मको कार्याअनुभव बटुलेका करीब ५५ हजार डाक्टर २४ घण्टे हडतालमा उत्रिएपछि अस्पतालका सेवा प्रभावित भएको छ ।

हडतलाका कारण करिब चार हजार शल्यक्रिया तथा बहिरंङ सेवा प्रभावित भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यसैबीच बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आन्दोलनमा उत्रिएका डाक्टरलाई विरोधका कार्यक्रम फिर्ता गरी संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर