एक सातामा औषधिका १५ गाडी भित्रिए

नेपाली हेल्थ/ काठमाडौँ-

medicines-l

विराटनगर जोगबनी नाकाबाट एक हप्तामा १५ औषधिका गाडी भित्रिएका छन् । भारतीय नाकाबन्दी खुकुलो बन्दै जान थालेपछि अन्य मालबाहक सवारीसाधनसँगै औषधिका गाडी पनि नेपाल भित्रिन थालेका हुन् ।

केही दिनयता दैनिक दुई सय गाडी भन्सारमा भित्रिन थालेको र तीमध्ये औषधि र इन्धनका गाडी पनि हुने गरेको भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार भारतले पहिले आफ्नो नम्बर प्लेट भएका सवारीसाधनलाई पठाउन बढी प्राथमिकता दिने गरेको छ । अन्य मालबाहक सवारी धमाधम पठाउन थाले पनि डिजेल, पेटोल र ग्यास भने खटाएअनुसार मात्र नेपाल भित्रिने गरेका छन् ।

भारतले नाकाबन्दी खुकुलो बनाएर एकैपटक मालबाहक सवारी नेपाल पठाउन थालेपछि विराटनगर भन्सारको यार्ड साँधुरो भएकाले सडकमा मालबाहक सवारी पार्किङ गर्नु परिरहेको छ ।

गाडी धमाधम भित्रिन थालेपछि भन्सार जाँचपासमा ढिलाइ हुँदा दुई सय सवारीसाधन मात्र पार्किङ क्षमता भएको यार्ड साँधुरो भएकाले राजमार्ग र जुटमिलको मैदानमा लगेर सवारीसाधन पार्किङ गराउनु परिरहेको बस्नेतले बताए ।

  • आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *