तरकारी बजारमा कामगर्ने सतप्रतिशत मजदुरमा दाँतको समस्या

नेपालीहेल्थ /काठमाडौँ १४ मंसिर-

12311662_10153723799617103_401179361_o

कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा मजदुरी गर्ने प्राय सबैमा दाँँत तथा गीँजा सम्वन्धी समस्या पाइएको छ । बसुन्धरास्थित कान्तिपुर डेण्टल कलेज एण्ड टिचिङ हस्पिटलद्धारा खटिएको टोलीले शनिबार दिनभर गरेको स्वास्थ्य परीक्षणका क्रममा यस्तो समस्या पाइएको हो ।

हस्पिटलले शनिबार तरकारी परिषर भित्रै निशुल्क मुख तथा दन्त स्वास्थ्य सिविर चलाएको थियो । उक्त सिविरमा १५० बढीले मुख तथा दन्त परीक्षण गराएका थिए । परीक्षण गराउन आउने अधिकांश चालि बर्ष माथिका व्यक्ति थिए । त्यसमा कतिपय जेष्ठ नागरिकको समेत सहभागीता थियो ।12308935_10153723800327103_864852010_n

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले कालिमाटीमा गरिएको परीक्षणमा पौड् तथा जेष्ठ नागरिकमा मुख तथा दन्त स्वास्थ्य समस्या भयावह रहेको बताए । उनले परीक्षणका लागि आएका सत प्रतिशत व्यक्तिमा दाँतको समस्या रहेको बताए । ‘दाँतमा किरा लाग्ने, गीजा पाक्ने, गीँजा सुन्निने जस्ता गीजा सम्वन्धी रोग प्राय सबैमा देखियो । तर मुख तथा दन्त स्वास्थ्यमा भने उनीहरु गम्भीर देखिएको पाइएन,’  डा. श्रेष्ठले बताए ।

12315164_10153723799897103_1123388826_o

सुर्तिजन्य पदार्थको सेवन, दन्त स्वास्थ्य सम्वन्धी चेतनाको कमी लगायतका कारण त्यस्तो समस्या आएको सिबिर सञ्चालन गर्ने टोलीको निस्कर्ष थियो । सिविरको टोलीले दन्त परीक्षणसंगै मुख तथा दन्त स्वास्थ्य सम्वन्धी शिक्षा दिएको थियो ।

12315306_10153723800542103_388720081_o

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *