स्वास्थ्यका नयाँ सचिव थपलियाद्धारा पदवहाली
काठमाडौँ, ११ बैशाख । स्वास्थ्य मन्त्रालयका नयाँ सचिव रामप्रसाद थपलियाले आज पदवहाली गरेका छन् । केही बेर अघि मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् । त्यस लगत्तै उनले मन्त्रालयको सभाकक्षमा आयोजित स्वागत कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
गत २ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रमुख सचिव रहेका थपलियालाई स्वास्थ्यमा सार्ने निर्णय गरेको थियो ।
सोही बैठकले स्वास्थ्यमा रहेका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका समाजकल्याण तथा जेष्ठनागरिक मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
पदवहालीपछि आयोजित कार्यक्रममा नयाँ सचिव थपलियाले लक्ष्यप्राप्तीका लागि सबै कर्मचारी एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्यकै अर्का सचिव डा पुष्पा चौधरीको समेत उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com