सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको उपचार गर्न ८३ वटा अस्पतालसंग सम्झौँता

यी हुन् योगदानकर्ताको उपचारका लागि आवद्ध अस्पतालहरु

काठमाडौँ, १० बैशाख । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ ।

योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ ।

सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचारबापत लागेको रकमको २० प्रतिशत मात्रै बुझाए पुग्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नु नपर्ने उनको भनाइ छ ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १७, मधेश प्रदेशका १४, बागमती प्रदेशका ३२, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका सात वटा, सुदूरपश्चिममा दुई वटा गरी कोषको प्रणालीसँग जोडिएका ८३ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सकिने छ ।

त्यसबाहेकका स्थानमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने कोषका प्रवक्ता पन्थीले जानकारी दिए । आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।

कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका चार लाख ९२ हजार ९२३ योगदानकर्ता छन् । ती मध्ये मध्ये ६३ हजार ३० योगदानकर्ताले तोकिएका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।

कोषका अनुसार ती अस्पतालबाट स्वास्थ्य सेवा लिएबापत एक अर्ब १२ करोड ५४ लाख आठ हजार ४४ रुपियाँ दाबी गरेकामा ८४ करोड ४६ लाख ७४ हजार ८५ रुपियाँ भुक्तानी भइसकेको छ ।

दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपियाँसम्म कोषले उपलब्ध गराउँछ । कोषले विभिन्न योजनाको दाबी भुक्तानीका लागि समयसीमा तोकेको छ । अस्पताल भर्ना नभई गरिने (ओपिडी) उपचार गराएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ ।

त्यस्तै भर्ना भई उपचार गराएकाले डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ । दुर्घटनाको हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने कोषले जनाएको छ ।

मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ भने मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिनभित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ ।

सरकारले २०७६ साउन १ देखि सुरु गरेको सामाजिक सुरक्षा कोषमा १८ हजार ८५२ रोजगारदाता प्रतिष्ठानमा आबद्ध भएका छन् । ती प्रतिष्ठानमा काम गर्ने चार लाख ९२ हजार ९२३ श्रमिक तथा कर्मचारी सूचीकृत छन् ।

योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष एक लाख रुपियाँसम्मको उपचार खर्च, तीन महिनासम्मको शिशुको उपचार खर्च, १० लाख रुपियाँसम्मको घातक रोगको उपचार खर्च, योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल १५,०००) बराबरको शिशु स्याहार खर्च पाउने व्यवस्था छ ।

यस्तै महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम, योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।

योगदानकर्ताको उपचारका लागि आवद्ध अस्पतालहरु

क्रं. सं.अस्पतालको नामप्रदेशजिल्लाठेगाना
1मनमोहन मेमोरियल पुर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पतालकोशी प्रदेशझापाबिर्तामोड – ०५
2बि एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा. लि.कोशी प्रदेशझापाबिर्तामोड
3आम्दा मेची अस्पतालकोशी प्रदेशझापाधुलाबारी
4लाईफ लाईन अस्पतालकोशी प्रदेशझापादमक
5आम्दा अस्पताल, दमककोशी प्रदेशझापादमक
6अरनिको हस्पिटल प्रा.लि.कोशी प्रदेशमोरङउर्लाबारी- ५
7न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि हस्पिटलकोशी प्रदेशमोरङशंखधर साख्वाः मार्ग, विराटनगर
8रामलाल गोल्छा आँखा अस्पतालकोशी प्रदेशमोरङबिराटनगर
9मोरङ्ग सहकारी अस्पतालकोशी प्रदेशमोरङसोमबारे हाट, बिराटनगर
10हाम्रो अस्पताल प्रा. लि.कोशी प्रदेशमोरङबिराटनगर ०४
11नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.कोशी प्रदेशमोरङबिराटनगर ०४
12बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलकोशी प्रदेशमोरङटंकिसिनुवारी, बिराटनगर
13दुहवी सिटी हस्पिटल प्रा.लि.कोशी प्रदेशसुनसरीदुहवी-३
14पशुपती मोडेल हस्पिटल प्रा.लि.कोशी प्रदेशसुनसरीइटहरी ०९
15इटहरी ग्लोवल आइ हस्पिटल प्रा.लि.कोशी प्रदेशसुनसरीइटहरी
16इनरुवा अस्पताल, इनरुवाकोशी प्रदेशसुनसरीइनरुवा
17ओखलढुंगा सामुदायिक अस्पताल ( मिसन हस्पिटल )कोशी प्रदेशओखलढुंगाओखलढुंगा
18छिन्नमस्ता अस्पतालमधेश प्रदेशसप्तरीराजविराज
19जानकी हेल्थ केयरमधेश प्रदेशधनुषाजनकपुर
20लालगढ मोडल अस्पतालमधेश प्रदेशधनुषालालगढ
21शुभ स्वस्तिक अस्पतालमधेश प्रदेशमहोत्तरीबर्दिबास
22नमुना सामुदायिक अस्पतालमधेश प्रदेशसर्लाहीहरिवन
23बिरगञ्ज हेल्थ केयर अस्पतालमधेश प्रदेशपर्साबिरगञ्ज ०३
24नेशनल मेडिकल कलेज प्रा.लि.मधेश प्रदेशपर्साबिरगञ्ज १०
25गण्डक अस्पतालमधेश प्रदेशपर्साबिरगंज
26स्पर्स अस्पताल प्रा.लि.मधेश प्रदेशपर्साबिरगंज
27प्रभु अस्पतालमधेश प्रदेशपर्सापानी ट्यांकी, बिरगंज
28किरण आँखा अस्पतालमधेश प्रदेशपर्साबिरगंज
29बिरगंज दृष्टि आँखा अस्पतालमधेश प्रदेशपर्साबिरगंज
30सूर्य हस्पिटल प्रा.लि. वीरगञ्ज, पर्सामधेश प्रदेशपर्सावीरगञ्ज
31एल. एस. न्यूरो एण्ड जनरल हस्पिटलमधेश प्रदेशबारापरवानीपुर-५
32सन्चो अस्पताल प्रा. लिबागमती प्रदेशमकवानपुरहेटौडा १, भिन्तुनापथ
33चुरेहिल अस्पताल प्रा.लि.बागमती प्रदेशमकवानपुरहेटौडा ११, थानाभर्याङ
34मकवानपुर सहकारी अस्पतालबागमती प्रदेशमकवानपुरहेटौडा १, भिन्तुनापथ
35कलेज अफ मेडिकल साइन्सेस (COMS)(पुरानो मेडिकल कलेज)बागमती प्रदेशचितवनभरतपुर १०
36चितवन मेडिकल कलेज टिचिङ हस्पिटलबागमती प्रदेशचितवनभरतपुर १०
37मनकामना अस्पतालबागमती प्रदेशचितवनभरतपुर-१०
38चितवन आँखा अस्पतालबागमती प्रदेशचितवनभरतपुर १०, चितवन
39शीर मेमोरियल अस्पतालबागमती प्रदेशकाभ्रेपलाञ्चोकबनेपा
40धुलिखेल अस्पतालबागमती प्रदेशकाभ्रेपलाञ्चोकधुलिखेल
41बीर अस्पतालबागमती प्रदेशकाठमाडौंकाठमाण्डौ
42राष्ट्रिय ट्रमा सेण्टरबागमती प्रदेशकाठमाडौंमहांकाल, काठमाडौँ
43त्रि.बि. शिक्षण अस्पतालबागमती प्रदेशकाठमाडौंमहाराजगंज
44मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरबागमती प्रदेशकाठमाडौंमहाराजगंज
45सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रबागमती प्रदेशकाठमाडौंबाँसबारी
46हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालबागमती प्रदेशकाठमाडौंचावहिल
47मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबागमती प्रदेशकाठमाडौंस्वयंभु
48काठमाण्डौ मेडिकल कलेज (KMC)बागमती प्रदेशकाठमाडौंसिनामंगल
49ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पतालबागमती प्रदेशकाठमाडौंजोरपाटी
50शंकरापुर अस्पताल प्रा.लि.बागमती प्रदेशकाठमाडौंगोकर्णेश्वर ०६
51नेपाल मेडिकल कलेज प्रा.लि.बागमती प्रदेशकाठमाडौंजोरपाटी, अत्तरखेल
52एभरेष्ट अस्पताल प्रा. लि.बागमती प्रदेशकाठमाडौंनयाँ बानेश्वर
53तिलगंगा आँखा अस्पतालबागमती प्रदेशकाठमाडौंतिलगंगा
54दृष्टि आई केयरबागमती प्रदेशकाठमाडौंकलंकी
55ए एस जी आखा अस्पतालबागमती प्रदेशकाठमाडौंनयाँ बानेश्वर
56पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल ( General Treatment only)बागमती प्रदेशकाठमाडौंनयाँबजार सोह्रखुट्टे
57फ्रन्टलाइन हस्पिटलबागमती प्रदेशकाठमाडौंबत्तीसपुतली, पुरानो बानेश्वर
58ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बागमती प्रदेशकाठमाडौंचावहिल
59इनोभा हस्पिटल प्रा.लि. लाजिम्पाट, काठमाण्डौबागमती प्रदेशकाठमाडौंलाजिम्पाट
60पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)बागमती प्रदेशललितपुरललितपुर
61किस्ट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालबागमती प्रदेशललितपुरइमाडोल
62मेघा अस्पताल प्रा.लि.बागमती प्रदेशललितपुरधोबिघाट
63काठमाडौँ क्यान्सर सेन्टरबागमती प्रदेशभक्तपुरनालारोड, ताथली
64भक्तपुर इन्टरनेसनल हस्पिटलबागमती प्रदेशभक्तपुरकौशलटार
65नवलपुर अस्पताल प्रा.ली.गण्डकी प्रदेशनवलपुरकावासोती-८
66देवचुली अस्पतालगण्डकी प्रदेशनवलपुरदलदले
67ग्यालेक्सी अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा
68चरक मेमोरियल अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा म.न.पा. ०८
69मणिपाल टिचिङ्ग अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा
70फेवा सिटि अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा
71गण्डकी मेडिकल कल‍ेज एण्ड टिचिङ्ग हस्पिटलगण्डकी प्रदेशकास्कीपोखरा
72दृष्टि आँखा अस्पताल प्रा.लि.गण्डकी प्रदेशकास्कीपोखरा
73मेडिप्लस अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा -११, रानिपौवा
74युनिभसर्ल कलेज अफ मेडिकल साइन्स (UCMS)लुम्बिनी प्रदेशरुपन्देहीभैरहवा
75सिद्धार्थनगर सिटी हस्पिटललुम्बिनी प्रदेशरुपन्देहीएयरपोर्ट रोड, भैरहवा
76गौतमबुद्ध मुटु अस्पताललुम्बिनी प्रदेशरुपन्देहीरामनगर, वुटवल
77सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताललुम्बिनी प्रदेशरुपन्देहीबुटवल
78क्रिमसन अस्पताललुम्बिनी प्रदेशरुपन्देहीतिलोत्तमा-५, मणिग्राम
79लर्डबुद्ध एजुकेशनल एकडेमी लि.(नेपालगंज मेडिकल कलेज)लुम्बिनी प्रदेशबाँकेनेपालगन्ज
80लर्डबुद्ध एजुकेशनल एकडेमी लि.(नेपालगंज मेडिकल कलेज)लुम्बिनी प्रदेशबाँकेकोहलपुर-११
81मितेरी अस्पताललुम्बिनी प्रदेशदाङघोराही
82लाल रत्न अस्पताल प्रा.लि.सुदुर पश्चिम् प्रदेशकैलालीलम्कीचुवा
83नवजीवन हस्पिटल प्रा.लि.सुदुर पश्चिम् प्रदेशकैलालीधनगढी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *