गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल

236
Shares

गोरखा, १० बैशाख । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।

आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सिद्धार्थ खनालले जानकारी दिए ।

‘उहाँको मलद्वारमा एक महिना अघिदेखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ’, निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले भने, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिब ३ घण्टाको अप्रेशन पश्चात हामी बोत्तल निकाल्न सफल भयौं ।’

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७।५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौं’, खनालले भने ।

उनले बोत्तल कसरी मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले जानकारी लिइरहेको बताए । सर्जन डा। जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा। शम्भु अधिकारीको टिमले ती बिरामीको सफल शल्यक्रिया गरेका ह्न् । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।

यसअघि यस्तै केश रौतहट र कैलालीका दुई जना पुरुषमा देखिएको थियो । उनीहरुको मलद्धाराबाट रक्सीको बोतल छिराइएको थियो । दुबै जनाको शल्यक्रिया गरि बोतल निकालिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *