स्वास्थ्य मन्त्रालयका नयाँ सचिव बने रामप्रसाद थपलिया

काठमाडौँ, ५ बैशाख । सरकारले कर्णाली प्रदेशका प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव थपलियालाई स्वास्थ्यमा सरुवा गर्ने निर्णय गरको हो ।

सोही बैठकले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको थियो । उनैको ठाँउमा थपलियालाई ल्याइएको बुझिएको छ ।

पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्न सुरु गरे यता थपिएका दुई जना सचिव छोटो अवधीमै सरुवा भएका छन् । सचिव केदारबहादुर अधिकारी करीब दुई महिना र त्यसपछि आएका घिमिरे तीन महिना नपुग्दै स्वास्थ्यबाट सरुवा भएका छन् ।

स्वास्थ्यमा अहिले एउटालाई स्वास्थ्य र अर्कोलाई जनसंख्या हेर्ने गरी जिम्मा दिने गरिएको छ । स्वास्थ्य सचिवको रुपमा डा पुष्पा चौधरी अहिले पनि कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *