स्वास्थ्य मन्त्रालयका उपसचिव लामिछाने विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ, ३ फागुन । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव बाबुराम लामिछाने विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले लामिछानेलाई शाखा अधिकृतको रुपमा यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा रहँदा भाडाका सवारी साधन दर्ता र पुरानो सवारी साधन विस्थापित गरी नयाँ सवारी साधन दर्ता गर्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारले लामिछानेसंगै सोही कसुरमा हाल यातायात व्यवस्था कार्यालय भरतपुरमा कार्यरत नासु ऋषिराम ढकाल विरुद्ध समेत सोही मुद्धा दायर गरेको छ ।

स्वास्थ्य सेवा विभागमा दरबन्दी रहेका लामिछाने अहिले स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत छन् ।

मन्त्रालयले अहिले स्वास्थ्यको समायोजन सम्वन्धी कार्यमा सहयोग पुरयाउन भन्दै संघीय व्यवस्था एवं सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्य फोकल पर्सनको रुपमा खटाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *