सरकार र हेल्थ असिस्टेन्टबीच छ बुँदे सहमति, आन्दोलन फिर्ता


काठमाडौं, ४ माघ । आन्दोलनरत् हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च नेतृत्वले हानले उठान गर्दै आएको प्रमुख ६ बुँदे मागलाई पुरा गर्ने सहमति आज गरेपछि उसले आन्दोलनको कार्यक्रम आजदेखि फिर्ता लिएको हो ।

सदनबाट पारित कर्मचारी समायोजन ऐन, स्वास्थ्य सेवा सित सम्बन्धीत केही प्रावधान र स्वास्थ्य सेवाका संरचना सच्याउनुपर्ने लगायतका माग राखि हान ११ दिन अगाडिदेखि आन्दोलनमा उत्रेको थियो ।

मन्त्रालयद्वारा गठित वार्ता टोली र हानका पदाधिकारीका वीचमा आज भएको सहमतिमा कर्मचारी समयोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूचि ७ अनुसार योग्यतालाई आधार मान्ने, प्रस्तावित निजामति ऐनमा सेवाको तहगत प्रणाली बैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताको आधारमा एक तह वृद्धि गर्ने गरी पहल गर्ने लगायतका रहेका हानका केन्द्रीय सदस्य उदय महतोले जानकारी दिए ।

यसैगरी सहमतिमा उच्च शिक्षा अध्ययनका लागि कोटा सहित छात्रवृत्तिको व्यवस्था गर्न संघीय निजामति ऐनमा समावेश पहल गर्ने रहेको छ ।

ती सहमतिमा मन्त्रालयका तर्फबाट वार्ता टोलीका संयोजक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाई, जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ तथा हानका तर्फबाट उदय महतो, प्रकश परियार, रविन्द्रकुमार साह, मेघनाथ चापागाईले हस्ताक्षर गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *