चिकित्सक संघले भन्यो, ‘डा. केसीको जीवन रक्षाका लागि विशेष पहल गरियोस’

काठमाडौँ, २८ पुस । नेपाल चिकित्सक संघले १६ औँ पटक अनसन बसेका डा गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले आमरण अनसनलाई सदाका निम्ति अन्त्य गर्ने बाताबरण बनाउन समेत सरकारसंग आग्रह गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज जारी विज्ञप्तीमा सरकारले डा केसीसंग १५ औँ पटक सम्झौँता गरिसकेको अवस्थामा सम्झौँता कार्यान्वयन गर्नुको सट्टा थप चिडाउने काम गरेको आरोप लगाएको छ ।

उसले यस्तो गतिविधिबाट सरकारकै प्रतिष्ठामा आँच पुग्ने भन्दै तत्काल गल्ती सच्याउन आग्रह गरेको छ ।

आफूसंगको सम्झौँता विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा पास गरेको भन्दै डा केसी गत २५ पुस देखि इलाममा १६ औँ अनसन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *