संगठन संरचना र दरबन्दी पुनरावलोकनको विवरण एक साता भित्र पठाउन स्वास्थ्यलाई निर्देशन


काठमाडौँ, २८ मंसिर । संगठन संरचना र दरबन्दी पुनरावलोकनको विवरण एक साता भित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिठी पठाएको छ ।

पहिले बनाएको संगठन संरचना तथा दरबन्दीको विषयमा स्वास्थ्यकर्मीहरुले व्यापक असन्तुष्ठि जनाएपछि समाधानका लागि भन्दै स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा नयाँ कमिटि बनाएको थियो । सो कमिटिले नयाँ संरचना र दरबन्दीको खाका समेत तयार पारेको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ३ को उपदफा ४ अनुसार अनुसार चिठी काटिएको भन्दै सामान्यले संगठन संरचना र दरबन्दीका विषयमा पुनरावलोकन गर्नुपर्ने भएमा नयाँ विवरण औचित्य समेत खुलाई ७ दिन भित्र पेश गर्न भनेको छ ।

प्रमुख विशेषज्ञ डा. प्याकुरेलले पत्र हिजो मात्रै आइपुगेको भन्दै आगामी आइतबारसम्म पुनरावलोकन गर्नुपर्ने सबै विवरण सामान्यमा पठाउने बताए ।

‘विगतमा बनाइएको संरचना नमिलेर मेरै नेतृत्वमा नयाँ संरचना र दरबन्दी व्यवस्थाको फर्म्याट तयार भएको छ । त्यो हामी आइतबार पठाउँछौँ । नयाँ व्यवस्था संरचना र दरवन्दीको व्यवस्था स्विकृत हुनासाथ स्वास्थ्यकर्मीहरुको असन्तुष्टि हट्नेछ,’ उनले भने ।

चिठीमा मन्त्रालय, सचिवालय, आयोग, कार्यालय र अन्तरगर्तका नियाकाको संगठन संरचना तथा दरबन्दीको विषयमा विवरण पठाउँदा औचित्य खुलाउन भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “संगठन संरचना र दरबन्दी पुनरावलोकनको विवरण एक साता भित्र पठाउन स्वास्थ्यलाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *