हैट ! डाक्टर बन्ने विद्यार्थीलाई प्रयोग गर्न यस्तो फोहर पानी ?

काठमाडौँ, २५ मंसिर । फोहर पानीबाट लाग्ने विभिन्न सरुवा रोगको प्रकोप नियन्त्रण गर्न महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विभिन्न समूहका विद्यार्थी देशका विभिन्न स्थानमा पुगेका छन् । प्रकोपजन्य स्थानमा पुगेर उनीहरुले उपचार त गर्छन नै प्रयोग गर्ने पानी सफा र शुद्ध हुनुपर्ने, पानीको मुहान सफा राख्नुपर्ने आदि विषयमा प्रशिक्षण समेत दिने गर्दछन् । तर,  तिनै विद्यार्थी अध्ययन गर्ने कलेजको होस्टल (जहाँ उनीहरु बस्छन्) त्यहाँको पानीको दुर्दशा भने घिनलाग्दो छ ।

हो, दक्षिण एसियाकै अब्बल मानिने महाराजगञ्ज मेडिकल क्याम्पसको विद्यार्थी बस्ने होस्टलको खानेपानीको दुर्दषाको साच्चिकै हेरि सक्नु छैन ।  बर्षौ देखि खानेपानीको ट्यांकी सफा गरिएको छैन, ढल व्यवस्थापन गरिएको छैन । त्यहाँ बस्ने विद्यार्थीले पानीको परीक्षण गर्दा इकोलाई पोजेटिभ भेटिएको उल्लेख गरेका छन् ।

पानीको समस्याको बारेमा क्याम्पसका जिम्मेवार निकायसंग कुरा गर्दा सुनुवाई नभएको भन्दै विद्यार्थी सन्तोस उपाध्यायले केही तस्विर सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्विरले पानीको स्तर कस्तो छ भनेर जाँच गर्नै नपर्ने जस्तो देखिन्छ ।

यसअघि यति अव्यवस्थित र फोहर पानीको प्रयोग गरी चिकित्साशास्त्रका विद्यार्थी बस्न बाध्य छन् भनेर सम्भवत कसैले पनि सोचेको थिएन ।
त्यसो त होस्टलको फोहर पानीको बारेमा नेपाल विद्यार्थी संघ महाराजगञ्ज इकाई कमिटिले यसअघि नै पनि क्याम्पस प्रमुख देखि सरोकारवालाको ध्यानाकर्षण गराएको बताएको छ । अहिले त्यसलाई त्यसलाई अहिले स्नातक तह तेस्रो बर्षका विद्यार्थीहरुले निरन्तरता दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *