सर्बोच्चले मुद्धाको विषयमा छलफल गर्न सचिव डा. चौधरीलाई बोलायो

काठमाडौँ, ६ मंसिर । सर्बोच्च अदालतले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई सरकारले भ्याकेट हालेको औपचारिक जानकारी गराएको छ । उसले मुद्धाको विषयमा छलफल गर्न सचिव डा. चौधरीलाई बोलाएको छ ।

आफूलाई नियमविपरित सरुवा गरेको भन्दै डा चौधरीद्धारा दायर रिट र गत १६ कात्तिकको अन्तरिम आदेश विरुद्ध सरकारले सर्बोच्चमा भ्याकेट हालेको थियो ।

सोही भ्याकेट निवेदनको आज सुनुवाई गर्दै सर्बोच्चले डा चौधरीलाई बोलाउने निर्णय गरको हो ।

न्यायधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले डा चौधरीको नाममा सरकारले भ्याकेट हालेको जानकारी गराउँदै छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

गत २८ असोजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेपछि डा चौधरी त्यसविरुद्ध सर्बोच्चमा गएकी थिइन । सर्बोच्चले गत १६ कात्तिकमा सरकारलाई सरुवाको निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश र कारण देखाउ आदेश दिएको थियो ।

प्रधानमन्त्री कार्यालयले सो आदेश विरुद्ध सर्बोच्चलाई पत्र लेख्दै भ्याकेटमा जाने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *