बालिका बलात्कारको ‘केश’मा गलत रिपोर्ट बनाएको भन्दै दुई चिकित्सकविरुद्ध मुद्दा

काठमाडौँ, १६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय, धनुषाबाट भदौ ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करणी भएको घटनाको अनुसन्धानको क्रममा सो अस्पतालका डा भिके सिंह भनिने विजयकुमार सिंह र डा रम्भा गोइतले पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको अनुसन्धानबाट खुलेको भन्दै मुद्धा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्धारा आज जारी विज्ञप्तीमा चिकित्सकले संवेदनशील रुपमा गर्नुपर्ने न्यूनतम कामसमेत नगरी चरम लापर्वाही गरी अनुसन्धान कार्यलाई प्रभावित गरी स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनःगरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले प्रमाणित भएको उल्लेख छ ।

अख्तियारले दुबै चिकित्सकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *