भक्तपुरको दुवाकोटबाट वीर अस्पतालको ओपिडी सेवा आरम्भ


काठमाडौँ, २४ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट समेत ओपिडी सेवा शुरु गरेको छ । अन्तराष्ट्रिय स्तरको सेवा दिने गरी संरचना निर्माणको तयारी हुँदै गर्दा वीरले दुवाकोटबाट ओपिडी सेवा शुरु गरेको हो ।

‘विहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म खुल्ने गरी ओपिडी सेवा शुरु गरेका छौँ । आज पहिलो दिन २० जना बढीले ओपिडीमा जाँच गराए,’ वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले भने ।

ओपिडीका लागि एक जना मेडिकल अफिसर सहित नर्स, अहेव, कार्यलय सहयोगी, सुपरभाइजर र सुरक्षा गार्ड सहित सात जनाको दरबन्दी स्थायी रुपमा रहने व्यवस्था मिलाएको छ । त्यसबाहेक हरेक दिन विभिन्न विधाका विशेषज्ञहरुलाई पठाउने निर्देशक डा बस्नेतले जानकारी दिए ।

ओपिडीका पहिल्यै रहेको परोपकारको भवन प्रयोगमा ल्याइएको छ । ल्याव र एक्सरे सेवा अवको छ महिना भित्र सञ्चालनमा ल्याउने बस्नेतको योजना छ ।

‘ओपिडी सेवाका लागि वीर अस्पतालकै टिकट र मूल्य तोकिएको छ । थप उपचार चाहिएमा वीर अस्पताल सिफारिस हुने र त्यहाँबाट आउनेले पालो कुर्न पर्दैन,’ निर्देशक डा बस्नेतले भने ।

सेवा शुभारम्भ कार्यक्रममा न्याम्सका पदाधिकारी, अस्पतालका चिकित्सक, नर्सिङ निर्देशक सहितको टोली दुवाकोट पुगेको थियो ।

नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने प्रक्रियाअनुसार सरकारले दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराइएपछि त्यहाँ काम सुरु गएको हो।

चालु आर्थिक वर्षमा उक्त जग्गामा विस्तारित वीर अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पार्नका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ। भोलिदेखि डिपिआरको काम सुरु हुने निर्देशक बस्नेतले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *