जन स्वास्थ्य संघको अध्यक्षमा श्रीकृष्ण भट्ट विजयी, अधिकांश पदमा पेशागत समूहले बाजी मार्यो
काठमाडौँ, १४ असोज । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा पेशागत समूहबाट नेतृत्व गरेका श्रीकृष्ण भट्ट विजयी भएका छन् । मुख्य प्रतिस्पर्धी ठानिएका प्रगतिशील समूहका उम्मेद्धवार डा. मोहनकृष्ण श्रेष्ठलाई ७७ मतले पछि पार्दै भट्ट विजयी भएका हुन् । भट्टले ६०४ मत ल्याउँदा श्रेष्ठको पक्षमा ५२७ मत परेको थियो ।
यस्तै उपाध्यक्ष पदमा पनि पेशागत समूहका कृष्णमान शाक्य विजयी भएका छन् । उनले प्रगतिशील समूहका उम्मेद्धार सुदर्शन पौडेललाई १३१ मतले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै महासचिव पदमा पनि पेशागत समूहका महेश्वर श्रेष्ठले ५५६ मत ल्याई विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी प्रगतिशील समूहका चित्रजंघ शाहीले २८३ मत प्राप्त गरेका थिए ।
कुल १५ पदका लागि भएको निर्वाचनमा पेशागत समूहले अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ । प्रगतिशील समूहले भने सचिव र अरु तीन जना सदस्यमा चित्त बुझाउनु परेको छ ।
स्मरणीय के छ भने भट्टले नेपाली कांग्रेसमा आस्था राख्ने जनस्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै निर्वाचनमा होमिएका थिए । यता श्रेष्ठले नेकपा निकटका जनस्वास्थ्यकर्मीहरुको नेतृत्व ।
उम्मेद्धारी दिने बेलामा तत्कालिन एमाले र माओवादी बनि छुट्टा छुट्टै उम्मेद्धारी दिएका नेकपा निकटका जनस्वास्थ्य कर्मीले मतदान हुनु केही दिन अघि मात्रै आधिकारिक एउटै समूह बनाएका थिए ।
कसले कति मत पाए ?
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
Pesagat samuha k ho