बिमस्टेक सम्मेलनमा आउने पाहुँनाहरुको स्वास्थ्य सुरक्षा यसरी मिलाइदै छ

काठमाडौँ, ३ भदौ । आगामी १४ र १५ भदौमा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने विशिष्ठ पाहुँनाहरुको स्वास्थ्य सुरक्षाको तयारी तिब्र रुपमा भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको तयारी गरेको हो ।

मन्त्रालय अन्तरगर्तको हेल्थ इमरजेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, सम्मेलन स्थल र पाहुँना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा आकस्मिक सेवा दिने तयारी गरेको छ ।

युनिट प्रमुख चुडामणी भण्डारीका अनुसार भिआईपीका स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलन स्थल र होटलमा ए ग्रेडका एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली खटिनेछ ।

आकस्मिक स्वास्थ्य उपचार चाहिएमा पाँचवटा सरकारी अस्पतालमा व्यवस्था मिलाइएको छ । यस्तै तीनवटा निजी अस्पताललाई उच्चसतर्कतामा रहन भनिएको छ ।

विमस्टेकमा सदस्य राष्ट्रहरुमा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार छन् । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन् ।

कुन कुन अस्पताल ?
सम्मेलनमा भाग लिन आउने भिआईपीलाई स्वास्थ्य समस्या परेको खण्डमा पाँचवटा सरकारी अस्पतालमा व्यवस्था मिलाइएको छ ।
बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र नेपाली सेनाको अस्पताल छन् । यसबाहेक सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) टिचिङ हस्पिटल, नर्भिक हस्पिटल र नेपाल मेडिसिटी हस्पिटललाई तयारी अवस्थामा रहन भनिएको छ ।

तीनवटा टोली तयारी अवस्थामा
भिआईपी आउने दिन विमानस्थलमा दुईवटा चिकित्सकीय टोली सहितको ए ग्रेडको एम्बुलेन्स तयारी अवस्थामा रहन्छ । एउटा टोली भने होटलमा रहने बताइएको छ । हरेक टोलीमा चार जना चिकित्सक, नर्स, प्यारामेडिक्स र ल्याव टेक्निसियन सहितको टोली हुनेछ ।

भेन्टिलेटरसमेत हुने ए ग्रेडको एम्बुलेन्सका लागि मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससंग समन्वय गरेको छ । त्यस्तै नर्भिक र मेडिसिटी अस्पतालको एम्बुलेन्स समेत प्रयोग हुन सक्ने भण्डारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *