तलव खुवाउने शीर्षक नमिल्दा डेढ सय चिकित्सकको नियुक्ति रोकियो

काठमाडौँ, ३० साउन । तोकिएको बजेट शीर्षकमा तलव खुवाउने रकम नभएपछि स्वास्थ्य मन्त्रालयले करारमा छनौट गरेका करीब डेढ सय चिकित्सकको नियुक्ति रोकेको छ । अर्थ मन्त्रालयले करारका चिकित्सकलाई सेवा परामर्श शीर्षकबाट तलव खुवाउन निर्देशन दिएको छ ।

तर सो शीर्षकमा अहिले रकम नभएको र रकमान्तर गर्न समेत नमिलेकोले नियुक्ति पत्र दिन नसकेको मन्त्रालयले जनाएको छ ।

‘ साउन १ देखि तोकिएको स्थानमा पुगेर सेवा दिनेछन भन्ने उदेश्यले  गत असारको मध्यतिर आठौँ र नवौँ तहका गरी करीब डेढ सय चिकित्सक करारमा छनौट गरियो तर तलव खुवाउन नयाँ व्यवस्था गर्नुपर्ने र त्यसमा ढिलाई हुँदा नियुक्ति गर्नै सकिएको छैन,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले भने ।

उनले अघिल्लो बर्ष तलव भत्ता शीर्षकबाट नै तलब खुवाउने गरिएको भएपनि यसपटक करारलाई चिकित्सकलाई सेवा परामर्श शीर्षकबाट मात्रै तलव खुवाउन मिल्ने निर्देशन आएको बताए । ‘यसलाई मिलाएर मात्रै नियुक्ति दिने भनियो तर त्यो मिलिसकेको छैन,’ उपसचिव खनालले भने ।

मन्त्रालयले अध्ययन् र असाधारण विदा लिएका चिकित्सकहरुको ठाँउमा ऐनको दफा ८ ‘ख’ अनुसार करारको पदपूर्ति गरेको हो । तर संघीय व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्वीकृत दरबन्दी भित्रको पदमा करारमा पदपूर्ति गर्दा समेत समस्या आएको हो ।

छनौटमा परेका चिकित्सकहरुले लामो समय ‘पेन्डिङ’मा बस्न परेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *