डा. गोविन्द केसी काठमाडौँ जान राजी

जुम्ला, ३ साउन । डा. गोविन्द केसी काठमाडौँ जान तयार भएका छन् । अवरोध गर्नेहरुलाई स्थानीय प्रशासनले बल प्रयोग गर्न थालेपछि डा. केसी काठमाडौँ जान तयार भएका हुन् । तर उनले सरकारले व्यवस्था गरेको हेलिकप्टरबाट नभई आफै जाने बताएका छन् ।

यसअघि डा. केसीलाई काठमाडौँ लैजान विहानै सरकारी टोली जुम्ला  आई पुगेको थियो । तर केसीले सो टोलीसंग भेट गर्न मानेका थिएनन् ।
उनले माग पुरा नहुँदासम्म जुम्लामै रहने बताएका थिए । तर बिग्रँदो स्वास्थ्य अवस्थाका कारण उनलाई जसरी पनि काठमाडौँ लैजाने र स्थानीय प्रशासन बल प्रयोग गर्ने मनस्थितिमा पुगेको पाएपछि उनी राजी भएका हुन् ।

प्रतिष्ठानमा रहेका डा विशद दाहालले स्थानीय प्रशासनले अस्पतालमा व्यापक रुपमा प्रहरी परिचालन गरी दमनमा उत्रिएको बताए । अस्पताल भित्र अस्रु ग्यास, लाठी चार्ज प्रयोग भएको र ३० ४० जना विद्यार्थी घाइते भएको बताए ।

डा केसीलाई लिन पुगेका डा गुणराज लोहनीले केही बेरमा डा केसीलाई काठमाडौँ लैजाने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *