पूर्व स्वास्थ्य राज्य मन्त्री मोहम्मद मुस्ताक आलमको निधन

काठमाडौँ, ३० असार । पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा शुक्रबार बेलुका छ बजे उनको निधन भएको हो ।

५३ बर्षीय आलम गृहजिल्ला रौतहट पुगेका बेला विहीबार अकस्मात हृदयघात भएको थियो ।  परिवारले तत्कालै काठमाडौँ ल्याई गंगालाल पुरयाएका थिए ।

उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली समेत गंगालाल अस्पताल पुगेका थिए । तर प्रधानमन्त्री फर्केको केही समय पछि नै चिकित्सकरुले उनको आलमको मृत्यु भएको घोषणा गरेका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनी २२ कात्तिक २०७२ देखि ८ साउन २०७३ सम्म स्वास्थ्य राज्यमन्त्रीको पद सम्हालेका थिए । त्यतिवेला विजयकुमार गच्छदारको नेतृत्वमा रहेको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सभासद बनेका आलम सोही पार्टीबाट मन्त्री बनेका थिए ।

तर, गत मंसीरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम रौतहट २ बाट बाम गठबन्धनको पक्षबाट उम्मेदवार बनेका थिए । यद्धपी उनी निर्वाचनमा पराजित भएका थिए ।

नेकपाले आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ देखि १० बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राख्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *