वीर अस्पतालको सीटीस्क्यान र एमआरआई बिग्रँदा सेवाग्राही मर्कामा

काठमाडौँ, ६ जेठ । रोग पहिचानमा महत्वपूर्ण मानिने सिटिस्क्यान तथा एमआरआई बिग्रिएपछि उपचारका लागि वीर अस्पताल पुगेका सेवाग्राही मर्कामा परेका छन् । उनीहरले सो सेवा बाहिरबाट महंगोशुल्क तिरेर लिन बाध्य भएका छन् ।

अस्पताल स्रोतका अनुसार करीब अढाई बर्ष अघि जडान गरिएको सिटिस्क्यान मेसिन पछिल्लो एक साता देखि बिग्रिएको छ । यस्तै अस्पतालमै रहेको एमआरआई मेसिनमा पनि समस्या आएपछि पाँच दिन यता चलेको छैन । अस्पतालमै रहेको चारवटा भिडियो एक्सरे मेसिन मध्य ३ वटा बन्द जस्तै छ ।यी सेवाहरु एकैपटक रोकिदा ठूलो संख्यामा आउने विरामीहरु मर्कामा परेका छन् ।

रेडियोलोजि विभागका पूर्व प्रमुख एवं बरिष्ठ रेडियोलोजिष्ट डा स्वयंप्रकाश पण्डित भन्छन्, ‘वीर अस्पतालमा सिटिस्क्यान सेवा निजी क्षेत्रले सञ्चालन गरेको भन्दा झण्डै आधा नै सस्तो छ । एमआरआई पनि ३० देखि ४० प्रतिशत सम्म सस्तो छ । यस हिसावले यहाँको मेसिन नचल्दा सेवाग्राहीलाई मर्का पर्छ भन्नु स्वभाविक नै हो ।’ उनले बीरमा दैनिक रुपमा २५ ३० वटा सिटिस्क्यान गर्नुपर्ने केश र १० १५ वटा एमआर आई गर्नुपर्ने केश आउने गरेको बताउँछन् ।

बीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले सीटी तथा एमआरआई सेवा अवरुद्ध भएको भन्ने बारेमा आफू जानकार रहेको भन्दै यसलाई बनाएर एक दुई दिन भित्रमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘एमआरआई त सम्भवत आज भोली नै बन्छ । सिटिक्यानको सामान बाहिरबाट ल्याउनुपर्ने हुँदो रहेछ । त्यसैले त्यो एक दुई दिन ढिला होला । निर्देशक डा. बस्नेतले नेपाली हेल्थसंग उनले भने । उनले भिडियो एक्सरे सेवामा भने चलिरहेको प्रतिक्रिया दिए ।

निर्देशक डा बस्नेतले सेवाग्राहीको चाप र विजुलीमा आउने गडबडीका कारण वीर अस्पतालले बेला बेलामा यस्तो समस्या भोगेको बताए ।

अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले भने वीरमा आउने विरामी प्राय निम्नस्तरको हुँने र उनीहरुलाई सीटी तथा एमआरआई गराउन बाहिर पठाउन समेत अफ्टेरो हुने गरेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *