राष्ट्रिय बीमा बोर्डको कार्यकारी निर्देशकमा मदन उपाध्याय

मदन उपाध्याय

काठमाडौँ, ७ बैशाख । स्वास्थ्य बीमा सञ्चालन गर्ने निकाय राष्ट्रिय बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा मदनकुमार नियुक्त भएका छन् । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आज मन्त्रीस्तरीय निर्णय गर्दै उपाध्यायलाई सो जिम्मेबारी दिएकी हुन् ।

एघारौँ तहका उपाध्याय मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक हुन् ।

यसअघि राज्यमन्त्री अर्यालले बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाउँदै सो ठाँउमा मन्त्रालय योजना महाशाखामा रहेका डा श्रीकृष्ण गिरीलाई पठाएकी थिइन । तर डा गिरीले सो ठाँउमा जान अस्विकार गर्दै वीर अस्पतालमा फर्कने घोषणा गरेका थिए ।

डा गिरी जान नमानेपछि उपाध्यायलाई सो ठाँउमा पठाइएको हो । निर्देशक नहुँदा स्वास्थ्य बीमाका थुप्रै कार्यक्रमहरु अप्ठेरो पर्ने अवस्थामा पुगेको थियो ।

पूर्व सचिव डा उप्रेतीलाई बोर्डको अध्यक्ष बनाउने तयारी
यता स्वास्थ्य बीमा ऐन आएको लामोसमय सम्म बोर्डले पूर्णता पाएको छैन । स्वास्थ्य राज्यमन्त्री अर्यालले बोर्डको अध्यक्षमा पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई बनाउने तयारी गरेकी छन् ।

यद्धपी सो पदमा नियुक्तिका लागि मन्त्रिपरिषदले नियुक्ति गर्नुपर्छ । ‘सम्भवत आगामी मन्त्रिपरिषद बैठकबाट सो निर्णय हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसका लागि एक मात्रै दावेदार डा उप्रेती नै हुन् ।’

यता डा उप्रेतीले बीमा बोर्डको तयारी बारेमा ठोसकुरा थाह नभएको भन्दै जिम्मेबारी दिए आफू पछि नहटने बताए । ‘अहिले त खाली नै छु । राज्यले जिम्मेबारी दिन्छ भने आफ्नो विज्ञता, दक्षता प्रयोग गर्छु,’ उनले भने ।

हेल्थ असिस्टेन्ट हुँदै स्वास्थ्य सचिव बनेका उप्रेती गतवर्षमात्रै अवकाश भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *