वार्षिक तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउँछन्

 

काठमाडौँ, ३ बैशाख । वार्षिक करिब तीन लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्था बाहिरै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम बढे पनि अझै ठूलो संख्यामा गर्भवती स्वास्थ्यकर्मीको पहुँचबाहिर छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ०७३ साउनदेखि ०७४ असारसम्म २ लाख ७७ हजार ३ सय ४४ गर्भवती महिलाले असुरक्षित रूपमा बच्चा जन्माएका छन् । घरमा जाने स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा मातृ तथा शिशु मृत्युदर अपेक्षाकृत घट्न सकेको छैन । देशभर तत्काल २० हजार तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यकता छ । तर, दरबन्दी अत्यन्त न्यून संख्यामा छ ।

परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा नरेशप्रताप केसीका अनुसार गर्भवती महिलाको दर हेर्दा तत्काल २० हजार प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी आवश्यक छ । तर, अहिले दक्ष जनशक्ति ८ हजार ६ सयको संख्यामा छ ।

महाशाखाका अनुसार देशभर महिला स्वयंसेविकाको संख्या ५१ हजार ४ सय २० छ । ३ हजार २ सय जिल्ला अस्पताल र त्यसभन्दा तलका स्वास्थ्य संस्थामा प्रसूति गराउने दक्ष जनशक्ति छ । ८ हजार ६ सयको संख्यामा तालिमप्राप्त स्वास्थ्यकर्मी भए पनि काम आधाले पनि गरेका छैनन् ।

  • आजको नयाँ पत्रिकामा खबर छ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *