स्वास्थ्य मन्त्रालय संरचनाका विषयमा यस्तो रहेछ मन्त्रिपरिषद्को निर्णय (नयाँ संरचना सहित)

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरचना दुई साता अघि नै मन्त्रिपरिषदले पास गरेको खुलासा भएको छ । यद्धपी स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन ।औपचारिक पत्र मन्त्रालयले अहिलेसम्म पाएको छैन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलको संयोजकत्वमा गठित कार्यदलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै संरचनाको बारेमा छलफल अगाडी बढाउन थालेपछि प्रधानमन्त्री कार्यालयबाट पास भएको भनिएको निर्णयको फोटोकपी उपलव्ध गराइएको छ । यद्धपी निर्णय सम्वन्धी पत्र अझै आइपुगेको छैन ।

मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार विभाग तथा राष्टिय रोग नियन्त्रण केन्द्रको संरचनाका विषयमा सुझाव दिन गठित कार्यदलले मन्त्रालयको संरचनाका बारेमा छलफल अगाडी बढाउन थालेपछि मात्रै प्रधानमन्त्री कार्यालयबाट निर्णयको फोटोकपी ल्याइएको थियो । अहिले कार्यदलका संयोजक देखि सदस्यहरुलाई यहि फोटोकपी थमाएर विभाग र रोग नियन्त्रण केन्द्रका विषयमा छलफल केन्द्रीत गर्न भनिएको छ ।

त्यसो त , नयाँ संरचनाका बारेमा चिकित्सक, नर्स, तथा फार्मेसीका संगठनहरुले आपत्ती जनाउदै आएका छन् । सोही विषयमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समेत सार्वजनिक रुपमै मन्त्रालयको संरचना पास भइनसकेको बताएकी थिइन । तर नेपाली हेल्थलाई प्राप्त विवरणले मन्त्रालयको संरचनाको विषय टुंगो लागेको प्रष्ट देखिन्छ ।

तर निर्णय भएको दुई सातासम्म सार्वजनिक नगर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले यो संरचनाको बारेमा विरोध बढदै गएपछि सच्याउनका लागि गुपचुप राखिएको अनुमान गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *