कोशीका चार चिकित्सक माथि कारबाहीको तयारी

बिराटनगर, १ चैत । कोशी अञ्चल अस्पताल विराटनगरका चार जना चिकित्सक माथि कारबाहीको तयारी भएको छ । निजी क्लिनिकमा बढी समय दिएको भन्दै उनीहरुलाई अस्पताल प्रशासनले कारबाहीको तयारी गरेको हो । उनीहरुलाई यसअघि तीन पटक स्पष्टीकरण सोधिसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

कारबाहीको लिष्टमा रहेका चिकित्सकहरुमा मेडिकल विभागका डा. प्रमोद राय, आकस्मिक कक्षका डा. आरके सिंह, बालरोग विशेषज्ञ डा. विनोदकुमार विराजी र डा. विमल अग्रवाल छन् ।

कार्यालय समयमा समेत बाहिरका निजी क्लिनिक र अस्पतालमा समय दिएको उजुरी परेपछि उनीहरुमाथि स्पष्टीकरण सोधिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा दिनुपर्ने समयमा बाहिरका क्लिनिकमा दिएको भन्दै उनीहरु प्रति स्थानीयबासी र अस्पताल प्रशासन सन्तुष्ठ छैन ।

सामाजिक विकास मन्त्रालयमा जानकारी
सरकारी सेवा सुविधा लिएपछि सरकारी अस्पतालमा दिनुपर्ने समयमा बाहिरका निजी स्वास्थ्य संस्थामा दिने गरेको पाइएपछि उनीहरुलाई कारबाहीको तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ । यस विषयमा प्रदेश नम्बर एक को सामाजिक विकास मन्त्रालयमा समेत जानकारी गराइएको प्रशासनले उल्लेख गरेको छ ।

डाक्टर नहुँदा सरकारी अस्पतालमा उपचारका लागि आउने विरामी मर्कामा परेको पाइएपछि मन्त्रालय समेत चासो दिएको थियो । निजी स्वास्थ्य संस्थामा निगरानी बढाएर उनीहरुको निजी अस्पताल र क्लिनिक मोह तोडने योजना बनाएको मन्त्री जीवन घिमिरेले बताए ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *