संघीय संरचनामा स्वास्थ्यको व्यवस्थापन नमिलेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ, २४ माघ ।  स्वास्थ्य सम्बद्ध १६ वटा पेशागत तथा ट्रेड युनियनले संघीय संरचनामा केन्द्र देखि स्थानीय तहसम्म स्वास्थ्यको छुट्टै स्वास्थ्य मन्त्रालय तथा महाशाखा हुनुपर्ने माग गरेका छन् । उनीहरुले ती मन्त्रालय तथा महाशाखाको नेतृत्व स्वास्थ्य समूहबाटै हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य सम्वद्ध ती संगठनहरुको आज राजधानीमा बसेको बृहत भेलाले संविधानको मर्म र कार्य विस्तृतिकरणको मर्म अनुसार स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गर्न बनेको आयोगलाई बुझाई सकेको र मन्त्रिपरिषदको गत २१ बैशाखमा बसेको बैठकले समेत अनुमोदन गरिसकेको भन्दै पछिल्लो निर्णय आफूहरुलाई अमान्य हुने बताएका छन् । बृहत भेलाले गरेको निर्णय आजै स्वास्थ्य मन्त्री दीपक बोहरा र स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई बुझाई सकेका छन् ।

स्वास्थ्यकर्मीहरुको बृहत भेलाले प्रदेशमा स्वास्थ्य मन्त्रालय, महानगरमा महानगर स्वास्थ्य महाशाखा, उप महानगरमा उपमहानगर स्वास्थ्य महाशाखा र नगरपालिका गाउँ पालिकामा स्वास्थ्य शाखा रहनुपर्ने निर्णय गरेको छ । त्यसैगरी सबै तहमा स्वास्थ्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्यकर्मीहरु( प्राविधिक)बाटै हुनुपर्ने, संघीय संचरना अनुसार प्रदेशको स्वास्थ्य मन्त्रालयमा ११ १२ औँ तह, महानगर तथा उपमहानगरमा नवौँ तथा दशौँ तह, नगरपालिका तथा गाँउपालिकामा ७ ८ तहका र सबै प्रदेशस्तरमा स्वास्थ्यका सवै विभागहरु, केन्द्रहरु तथा महाशाखाको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र बुझाउनेहरुमा नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्यावरेटरी एशोसिएसन अफ नेपाल, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल नर्सिङ संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघ रहेका छन् । यसैगरी जनस्वास्थ्य यूवा समाज नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी यूनियन नेपाल, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *