प्रेस्किप्सनविना मनोद्धीपक औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

काठमाडौँ, २३ माघ । चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ का विश्वनाथ खत्रीलाई समेत पक्राउ गरेको छ ।

उक्त फार्मेसीबाट प्रहरीले नाइट्राजेपाम ८० ट्याब्लेट र खत्रीको साथबाट नाइट्राजेपाम ४१० ट्याब्लेट बरामद गरिएको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *