क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी पछि प्यारालाइसिस भएका बिरामीले माघ देखि नै भत्ता पाउने

काठमाडौं, २२ पुस ।  स्वास्थ्य मन्त्री दीपक बोहराले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी भइ प्यारालाइसिस भएका बिरामीलाई दिने भनिएको मासिक जीवन निर्वाह भत्ता आगामी माघ महिना देखि कार्यनयनमा आउने बताएका छन् ।

सरकारले क्यान्सरको किमो लिदै गरेका, मिर्गौला फेल भई डायलासिस गरिरहेका र स्पाइनल इन्जुरी भइ प्यारालाईसिस भएका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरिसकेको छ ।

कान्ति बाल अस्पतालको ५६ औं बार्षिक उत्सव समाराेहमा बाेल्दै मन्त्री बाेहराले बिरामी अबस्थामा पर्न सक्ने अार्थिक संकटलाई सहयाेग पुर्याउन सरकारले भत्ताको व्यवस्था गरेको बताए ।

उनले सुर्तीजन्य पदार्थको बिक्रीबाट आउने करको व्यवस्थापन गर्ने स्वस्थ्य कर कोषबाट रकमको व्यवस्था गरिने समेत उल्लेख गरे ।

`करबाट बार्षिक ११/१२ अर्ब अाउँदाे रहेछ , त्यसको २५ प्रतिशत करकाेष दिनु पर्दाे रहेछ हामीले त्यही काेषबाट ब्यबस्था गर्ने हाे´ उनले भने ।

स्वास्थ्य सचिव डा. पुष्पा चाैधरीले भत्ताको लागि कार्यबिधी तयार भैसकेको भन्दै अाउँदाे मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएपछि कार्यान्वयनकाे बाटो खुल्ने बताईन ।

सरकारले अहिलेसम्म क्यान्सर र स्पाईनल इन्जुरीका बिरामीका लागि एक एक लाख रूपैयाँका दरले रकम उपलब्ध गराउँदै अाएकाे छ ।

यस्तै मिर्गौला फेल भएका बिरामीको लागि डडायलासिस, प्रत्यारोपण निशुल्क साथै अाैषधि तथा ल्याब परिक्षणका लागि थप डेढ लाख रूपैयाँ दिने गरेकोे छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *