आइओएमद्धारा एमबीबीएस प्रवेश परीक्षा पुन : लिने निर्णय (सूचना सहित)

काठमाडौँ, ३ मंसिर – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले गत २८ असोजमा लिएको एमबीबीएस प्रवेश परीक्षा रद्ध गरेको छ । उसले नयाँ परीक्षाको मिति केही दिन भित्रै सार्वजनिक गर्ने जनाएको छ ।

आज बसेको आइओएम परीक्षा समितिको बैठकले सो निर्णय गरको हो । यसअघि त्रिवि कार्यकारी परिषदले परीक्षा मर्यादित नभएको भन्दै पुन परीक्षा गर्न सुझाव दिएको थियो ।

गत २८ असोजको परीक्षामा इलेक्टोनिक डिभाइससहित केही परीक्षार्थी फेला परेपछि परीक्षाको मर्यादा उल्लंघन भएको भन्दै पुन परीक्षाको माग उठेको थियो । परीक्षा दिएका विद्यार्थी तथा महाराजगञ्ज क्याम्पस स्ववियूले पुन परीक्षाको माग गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *