पुन: परीक्षा लिने विषयमा आइओएम अलमलमा, प्राध्यापक संघ विपक्षमा

काठमाडौँ, ३० कात्तिक । एमबीबीएसको प्रवेश परीक्षा बदर गरी पुन परीक्षा लिनुपर्ने त्रिवि कार्यकारीको निर्देशन भएपनि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले विहीबार बेलुकासम्म कुनै निर्णय गरेको छैन् । परिषदले कहिलेसम्म निर्णय लिन्छ भन्न सकेको छैन् ।

निर्णय लिनका लागि आइओएमले प्राध्यापक संघको सहमति खोजेको छ । तर आइओएम प्राध्यापक संघले त्रिविले भनेजसरी निर्णय लिन सहमति दिएको छैन । स्रोतका अनुसार प्राध्यापक संघले परीक्षा बदर नगरी नतिजा प्रकाशित गर्न भनेको छ ।

यदि परीक्षा बदर भए डीन, सहायक डीन सहितका सबै टिमले राजिनामा दिनुपर्ने सर्त राखेको छ । यो सर्त राखेपछि आइओएम परीक्षा समिति अन्योलमा रहेको हो ।

आइओएम प्राध्यापक संघ इकाई समितिका कार्यबहाक अध्यक्ष डा. अभिमन्यू झाले परीक्षा रद्ध गर्नुपर्ने पक्षमा आफूहरु नभएको र गर्नै पर्ने भए बर्तमान पदाधिकारीहरुले राजिनामा दिनुपर्ने बताए ।

उनले भने, ‘पहिलो कुरा त यो लिक भएको होइन, प्रहरीको रिपोर्टले पनि त्यस्तो भन्दैन । यदि भएकै हो भनेको मन्ने हो भने यो समितिले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ ।’

यता महाराजगञ्ज क्याम्पस स्ववियूले भने पुन परीक्षाको मिति सार्वजनिक गर्न माग गरेको छ । ‘यसमा अब अलमल गर्नुको कुनै काम छैन’ स्ववियू अध्यक्ष डा मिलन गैरेले भने । उनले अबको परीक्षामा ज्यामर फिट गर्ने, बायोमेट्रिक प्रणाली लागू गर्ने, सीसी क्यामरा भएका हलमा परीक्षा लिनुपर्ने लगायतका प्रस्ताव गरेको बताए । उनले तत्काल निर्णय नभए तालाबन्दी सहितका कार्यक्रम गर्ने चेतावनी दिए ।

यस विषयमा त्रिवि परीक्षा समितिका संयोजक प्राडा राजेन्द्र गुरागाई र डीन प्राडा जगदीश अग्रवालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *