स्वास्थ्यमन्त्री बने दीपक बोहोरा

काठमाडौँ, ३१ असोज । काठमाडौँ, ३१ असोज । स्वास्थ्य मन्त्रालयको जिम्मेबारी दीपक बोहोराले पाएका छन् ।

राप्रपा प्रजातान्त्रिकका नेता बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए । बोहोरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेबारी परिवर्तन गर्दै स्वास्थ्यमा ल्याएका हुन् ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेललाई विनाविभागीय बनाएका छन् ।

माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि विग्रिएको पार्टीहरुबीचको गठबन्धन आजको दिनमा आइपुग्दा मन्त्रीहरुको जिम्मेबारी हेरफेरसम्म पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *