अन्धोपनाको अवस्था नेपालमा यस्तो, संसारभर कस्तो ?

काठमाडौँ, २६ असोज । नेपालमा करीब एक लाख मानिसहरु दृष्टिविहीन भएको अनुमान छ । अर्को तथ्यांकले के भन्छ भने नेपालमा  ५० बर्ष माथिका करीब अढाई प्रतिशत मानिसहरु दृष्टिबिहीन छन् । ती बाहेक अरु तथ्य के छ त ?

हेरौँ ति तथ्यांकहरु :

  • नेपालमा अनुमानित १ लाख मानिसहरु दृष्टि विहीन छन् (३ मिटरको दुरीबाट औंला गन्न नसकिने अवस्था)।
  •  नेपालमा अनुमानित ५० वर्ष र माथिका जनसंख्यामा २.५ प्रतिशत दृष्टिविहिन छन् ।
  •  नेपालमा अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
  •  नेपालको कुल जनसंख्यको ०.३५प्रतिशत मानिसहरुमा अन्धोपन छ ।
  • नेपालमा अनुमानित ४ प्रतिशत मानिसलाई दृष्टिदोषको समस्या रहेको छ ।
  • हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गर्नुपर्ने देखिन्छ ।

नेपालमा अन्धोपनाका मूख्य कारणहरु :

  • मोतिविन्दु र यस सम्बन्धित – ६५ प्रतिशत
  • आँखाको पर्दा जन्य रोगहरु– ९ प्रतिशत
  •  जलविन्दु– ५ प्रतिशत
  • आँखाको नानीमा हुने अन्धोपना– ६ प्रतिशत
  • दष्टिदोष– ४ प्रतिशत

 विश्वव्यापी तथ्यांकले यस्तो भन्छ : 

  • विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ ।
  • संसारमा झण्डै २८ करोड ५० लाख मानिसहरुमा दृष्टि कम र अन्धोपना रहेको देखिएको छ । जस मध्ये हटाउन सकिने अन्धोपना कुल दृष्टिविहिन हुने कारणमध्ये ८० % भएको पाइएको छ  । जस मध्ये ३ करोड ६० लाख मानिसहरुमा अन्धोपन देखिएको छ र २१ करोड ७० लाखमा दृष्टि दोष देखिएको छ ।
  •  संसारमा अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टिदोष  देखिएको छ ।
  • कुल दृष्टिदोष मध्ये झण्डै ६५ प्रतिशत मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
  • दृष्टिदोष भएका मध्ये ९० प्रतिशत मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *