जनजाति बनाई एमबीबीएसको अवसर दिने निमित्त प्रजिअ अख्तियारको छानवीनमा

काठमाडौँ, २३ असोज ।  जनजाति कोटामा एमबीबीएस पढ्न गलत रुपमा सिफारिस उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी चिरिन्जीवीको खोजी गरेको छ ।

अख्तियारले उजुरीको बारेमा अधिकारीसंग केही कुरा बुझ्नु परेको तर सम्पर्क हुन नसकेको भन्दै तीस दिन भित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

अधिकारीमाथि गत २०६५/ १ /९मा जिप्रका सुनसरीको निमित्त प्रमुख हुँदा साविक अमडुवा गाविस -१ सुनसरी निवासी राजाराम रायको छोरा युवराज रायलाई गलत रुपमा जनजातिको सिफारिस गरेको उजुरी परेको छ ।

रायले उनकै सिफारिसको आधारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट जनजातिको छात्रबृत्ति कोटामा एमबीबीएस पढेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *