महाकाली अञ्चल अस्पतालका डाक्टरमाथि आक्रमणको प्रयास

काठमाडौँ, २२ असोज । लापरबाहीको आरोपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्ब्यहार हुने क्रम अझै रोकिएको छैन ।

लापरबाहीको आरोपमा गए राती महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा विरामीका आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्ब्यहार गरेका छन् । दुर्ब्यहार पछि अहिले अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द छ ।

हिजो साझ सुत्केरीका लागि ल्याइएकी भिमदत्त नगरपालिका – १ बारकुण्डाकी गर्भवती महिलाको सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तहरुले चिकित्सक माथि दोश लगाएर आक्रमणको प्रयास गरेका थिए । तर उपचारमा सहभागी चिकित्कसले आफूहरुको लापरबाही नभएको बताएका छन् ।

‘पाठेघरको मुख पूरै खुलिसकेको थिएन्, बच्चाको टाउको बर्थिङ क्यानलमा पुगेर अड्कियो,’ उपचारका क्रममा रहेका डा.  सत्य कोइरालाले भने, ‘त्यो अवस्थामा कि त महिलाले नै प्रेसर दिनुपर्छ नभए टाउकोमा भ्याकुम लगाएर बच्चा निकाल्नुपर्ने हुन्छ।’ टाउकोमा भ्याकुम लगाएर बच्चा निकालेपछि चेकजाँच गर्दा मृत्यु भइसकेको उनको भनाइ छ।

टाउको बर्थिङ क्यानलमा अड्किएपछि बच्चाले दिसा गरेको र सोही दिसा नाक, मुख हुँदै फोक्सोसम्म पुगेकाले बच्चाको मृत्यु भएको हुन सक्ने उनले बताए। प्रहरीले आक्रमण र तोडफोडमा संलग्न रहेको भन्दै ५ जना बिरामीका आफन्तलाई पक्राउ गरेको छ।

यसैबीच नेपाल चिकित्सक संघले लापरबाहीको आरोपमा चिकित्सकमाथि आक्रमणको प्रयास गरेको भन्दै खेद व्यक्त गरेको छ ।

संघका महासचिव डा.लोचन कार्कीले विज्ञप्ती जारी गर्दै सिमित मात्रामा उपलब्ध चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो क्षमता, दक्षता र सीपको प्रयोग गर्दा गर्दै पनि घटनालाई अतिरञ्जित गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी नै हातपात गर्ने तथा अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथी नै सांघातिक आक्रमण गर्ने, अस्पतालको भौतिक संरचना तोडफोड गर्ने खालका गैरजिम्मेवारपूर्ण गतिविधि दुखद रहेको बताए ।

संघले घटनामा सहभागी माथि छानवीन गरी कानूनी कारवाही गर्न माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *