कमला भट्टराई मृत्यु प्रकरण : ओम अस्पतालले तिऱ्यो पच्चीस लाख

काठमाडौँ, २९ भदौ । ओम अस्पतालले नाकको शल्यक्रिया गर्दा ज्यान गुमाएकी कमला भट्टराईको परिबारलाई २५ लाख रुपैयाँ तिरेको छ । अस्पतालले उपचारका क्रममा खर्च भएको छुट्टै करीब चार लाख रुपैयाँ समेत नलिने भएको छ ।

मृतकका परिबार र अस्पताल प्रशासनबीच आज दिनभर भएको बार्तामा अस्पतालका तर्फबाट २५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने गरी काजग गरिएको थियो । सोही अनुसार मृतक परिबारले आजै १५ लाख रुपैयाँ बुझेका छन् । बाँकी १० लाख भोली बुझ्ने बताइएको छ ।

सहमति पछि भट्टराई परिबारले सव बुझेर पशुपति आर्यघाटमा लगि दाहसंस्कार गरेका छन् । मृतकका तर्फबाट बार्तामा सहभागी गोपाल पोखरेलले २५ लाख क्षतिपूर्ति तिर्ने भएपछि परिबारले कमलाको सब बुझेको बताए । उनले सरकारको अहिलेको छानवीन टोलीलाई खारेज गरी अर्को छानवीन टोली गठन गर्ने र त्यसले दिने प्रतिवेदन पछि मात्रै अस्पतालको ओपिडी सञ्चालन गर्ने सहमति भएको बताए । अस्पताले आज देखि ओपिडी अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ ।

बार्तामा सहभागी एक सदस्यका अनुसार मृतक परिबारले सन्ततीको भरणपोषण र शिक्षा दिक्षाका लागि भन्दै शुरुमा एक करोड माग गरेको थियो । तर पछि घटेर २५ लाखमा सहमति भएको हो । यस विषय अस्पतालका तर्फबाट कुनै प्रतिक्रिया दिन चाहेन ।

ओम अस्पतालमा यस्ता घटनाहरु भइरहेका छन् । केही दिन अघि मात्रै पनि स्थानीय एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि लापरबाहीको आरोप लगाउँदै आन्दोलन भएको थियो । तर त्यसको छानवीन प्रतिवेदन तथा क्षतिपूर्तिको विवरण बाहिर ल्याइएको थिएन ।

गत शनिबार नाकको शल्यक्रिया गरिएकी बुटवल शंकर नगरकी ४० बर्षिय कमला भट्टराईको हिजो ज्यान गएपछि आफन्तहरु चिकित्सकको लापरबाही भन्दै आन्दोलनमा उत्रिएका थिए । यस विषयमा छानवीन गर्न स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा छानवीन टोली गठन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कमला भट्टराई मृत्यु प्रकरण : ओम अस्पतालले तिऱ्यो पच्चीस लाख

  1. Nepal already headed towards the worst place for medical practice…..
    sooner you wont find a doctor taking care of your serious illness because personal risk and securities are much more concern than patient’s itself

Leave a Reply

Your email address will not be published. Required fields are marked *