स्वास्थ्य सचिवमा डा. किरण रेग्मी नियुक्त

काठमाडौँ, ८ असार ।  स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त भएकी छन्।

मन्त्रिपरिषदको आज बसेको बैठकले मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी बाह्रौँ तहकी डा.रेग्मीलाई सचिव बनाएको हो ।

अघिल्लो साता बढुवा समिति बैठकलले बाह्रौँ तहको एक जना मात्रै भएको र सो तहको हुँदा हुँदै एघारौँ तहको व्यक्तिलाई सिफारिस गर्न नमिल्ने निष्कर्षका साथ उनको मात्रै नाम सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *