दुई मेडिकल कलेज सञ्चालक दुई पार्टीबाट मेयरमा भिडदै

बायाँबाट क्रमश : बसरुद्दीन अन्सारी र डा. सुरेश कनोडिया

काठमाडौँ, २९ जेठ । आगामी १४ असारमा हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा दुई मेडिकल कलेज सञ्चाकल छुट्टा छुट्टै स्थान र छुट्टा छुट्टै पार्टीबाट उम्मेदवारी दिने भएका छन् ।

बीरगञ्जस्थित नेशनल मेडिकल कलेज सञ्चालक बसरुद्दीन अन्सारी नेकपा एमालेका तर्फबाट बीरगञ्ज महानगरपालिकाको मेयर पदमा र नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनोडिया नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने भएका हुन् । यद्धपी दुबै जनाले २ असार पछि मात्रै आधिकारिक रुपमा उम्मेद्धारको घोषणा हुने बताएका छन् ।

नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी यसअघिको संविधानसभा निर्वाचनमा तत्कालिन एनेकपा माओवादीका तर्फबाट उम्मेद्धार बनेका थिए । तर यसपटक उनले एमालेबाट टिकट पाउने बताएका छन् । ‘उम्मेदवारीको बारे सबैकुरा मिलिसकेको छ, २ असारमा एमालेको तर्फबाट नोमिनेस हुनेछ,’ अन्सारीले भने ।

सामाजिक रुपमा निकै सक्रिय रहँदै आएका अन्सारीले आफ्नो मुख्य एजेन्डा नगर विकास नै रहेको बताए । ‘मुख्य रुपमा मेरा छ वटा एजेन्डा छ, गाँस बास कपास, स्वास्थ्य र शिक्षा त्यसबाहेक रोजगारी सिर्जना गर्नु पनि अर्को एजेन्डा हो’ अन्सारीले भने ।

उनले औद्योगिक नगरीको रुपमा बीरगञ्ज परिचित भएपनि व्यवहारिक रुपमा नभएको भन्दै त्यसलाई व्यवहारिक रुपमा ल्याउने आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

उता नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाले उम्मेदवारी दिने भएका छन् । डा कनोडिया नेपाली कांग्रेसका तर्फबाट उठ्न लागेका हुन् ।

नेपाली कांग्रेसमा पहिले देखि नै सक्रिय कनोडिया यसअघिको संविधानसभा निर्वाचनमा बाँकेबाट समानुपातिक कोटाबाट सभासद बन्ने सूचीमा थिए । तर अन्तिममा समानुपातिकमा परेनन् । कांग्रेसका तत्कालिन सभापति स्व सुशील कोइरालाको चुनावी अभियन्ता बनेको बनाउने कनोडियाले भारि मतान्तरले आफू मेयर बन्ने दावी गरेका छन् ।

‘मेरो मुख्य एजेन्डा नगर विकास नै हो । शिक्षा स्वास्थ्य खानेपानी, सरसफाई, जस्ता कुराहरु व्यवस्थित शहरको मानक हो । त्यसैले मेरो ध्यान त्यसमा जान्छ,’ कनोडियाले आफ्ना चुनावी एजेन्डा सुनाए ।

निजी मेडिकल कलेज एसोशिएसनका अध्यक्ष समेत रहेका कनोडियाले उम्मेदारी पछि सो पदबाट राजिनामा दिने समेत घोषणा गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा पनि थिए कलेज सञ्चालक उम्मेद्धवार
गत ३१ बैशाखमा भएको पहिलो चरणको स्थानीय निर्वाचनमा पनि एक जना मेडिकल कलेज सञ्चालक नगरपालिकाको मेयर पदमा भिडेका थिए । तर झिनो मतान्तरले पराजित भए ।

काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठ आफ्नो गृह नगरी स्याङजाको चापाकोट नगरपालिकामा नेकपा एमालेका तर्फबाट  मेयर उम्मेदवार बनेका थिए । तर झिनो मतान्तरले उनी निर्वाचित हुनबाट बन्चित भए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *