बाजुरामा मलद्धार नभएको बच्चा जन्मिएपछि…

अछाम ९ जेठ । बाजुराको काँडामा मलद्धार नभएको बच्चा जन्मिएको छ। नौ दिन पहिले बिमला रोकायाले घरमै जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो।

तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले बताइन । दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि बयलपाटा अस्पताल अछाम ल्याएको बाबु गोरख रोकायाले जानकारी दिए ।

बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक व्इवस्था गरिएको अस्पतालका निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताए । उनले भने, ‘यो एकदमै जटिल समस्या हो बच्चा तेस्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो।’

उनले बच्चाको जटिल शल्यक्रियाका लागि नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुने भए पनि तत्काल बिशेषज्ञ उपलब्ध नहुँदा ज्यान जोगाउनका लागि शल्यक्रिया गरेको ढुंगानाले बताए । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकाली त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको छ।

तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्‍याउनु पर्ने डाक्टर ढुंगानाले परिवारलाई सल्लाह दिएका छन्। अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने उनले जानकारी दिए ।

अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको अस्पतालले जानकारी दिएको छ। बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ।
बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार निस्शुल्क भएको छ। छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ।

  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *