पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ? जोगिने कसरी ?

प्राडा विष्णुद्धत्त पौडेल, बरिष्ठ क्यान्सररोग विशेषज्ञ बीर अस्पताल

पाठेघरको मुखको क्यान्सर हुनुमा धेरै कारणहरु हुनसक्छन् । जस्तो कि शारीरिक, स्वास्थ्य, यौन क्रियाकलाप मुख्य रुपमा आउँछ । त्यसबाहेक अहिले प्रमुख रुपमा देखिएको कारण भाईरस हो । ह्युमन प्यापिलोमा भाईरस । यौनसम्पर्कका बेला यो भाईरस महिलाको पाठेघरमा पुग्छ र क्यान्सर हुने जोखिम बढ्छ ।

शारीरिक तथा सरसफाई र यौनक्रियाप कसरी कसरी कारण बन्छ ?
शारीरिक रुपमा स्वस्थ व्यक्तिको रोग प्रतिरोधी क्षमता बढि हुन्छ । त्यसैले कहिलेकाँही भाईरस छिरेर पनि रोग तत्काल नलाग्न सक्छ । सरसफाई तथा पोषण त स्वस्थ रहनका लागि अति नै जरुरी कुरा हो । पाठेघरको मुखको क्यान्सर गराउने भाईसर ह्युमन प्यापिलोमा भाईरस यौनसम्पर्कको माध्यमबाट महिलामा सर्ने भएकोले यौन क्रियाकलाप सुरक्षीत गर्नु उत्तम हुन्छ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य लक्षणहरु के के हुन ?
कतिपय क्यान्सरहरुको सुरुवात लक्षण विना नै हुने गर्छ । अर्थात क्यान्सरको सुरुमा कुनै पनि लक्षण नै नहुन पनि सक्छ । त्यसैले लक्षण देखेर उपचार गर्न खोज्दा क्यान्सरको फोर्थ स्टेजमा पुगिसकेको हुनसक्छ । यद्धपी पाठेघरको मुखको क्यान्सरमा केही लक्षणहरु भने यस्ता हुन सक्छन् :

  • महिनावारी बाहेक अरुवेला समेत रगत बग्यो भने क्यान्सर हुन सक्छ ।
  • यौन सम्पर्कका बेलामा रगत बग्न थाल्यो भने पनि क्यान्सर हुनसक्छ ।
  • कहिलेकाही गनाएको पानी जाने फोहर पानी जाने भयो भने पनि क्यान्सरको सम्भावना हुन्छ ।
  • क्यान्सर बढदै जाँदा महिलाको योनी भित्र घाउ तथा मासु बढेको समेत देखिन्छ । जो कुरा चिकित्सकले छामेर समेत थाह पाउन सक्छन् ।
  • यसबाहेक क्यान्सर कुन भागमा फैलिन्छ त्यो अनुसार लक्षण देखिन सक्छ । जस्तै टाउको पुग्यो भने टाउको दुख्ने, बान्ता हुने, रिगाउँने, नाकले गन्ध थाह नपाउने, फोक्सोमा पुग्यो भने खोकी लाग्ने , घाँटीमा पुग्यो भने स्वर बस्न, हड्डीमा पुग्यो भने हड्डी दुख्ने भाँचिने ।

क्यान्सरबाट जोगिन अर्थात सतर्कता कसरी अपनाउने ?

पाठेघरको स्क्रिनिङ गर्ने : पाठेघरको मुखको क्यान्सरको भाईरस शरीरमा प्रवेश गरी क्यान्सरको रुपमा फैलन पनि बर्षौ लाग्न सक्छ । पाँचौ दशौँ बर्ष लाग्न सक्छ । त्यसकारण विवाहित महिलाले नियमित रुपमा पाठेघरको जाँच गराएमा थाह पाउन सकिन्छ । त्यसैले यौन सम्पर्कमा सहभागी हुन थालेपछि महिलाले कम्तीमा बर्षको एक पटक पाठेघरको जाँच( स्क्रीनिङ) गर्नु राम्रो हुन्छ । सुरुकै स्थितिमा भयो भने यो निको हुनसक्छ ।

खोप लगाउने : पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने भ्याक्सिन पनि आएको छ । यौन सम्पर्क हुनु अघि नै अर्थात स्कुले बालिकाहरुलाई त्यो खोप लगाइयो भने अन्य दादुरा रुवेला जस्तै सम्भावित पाठेघरको मुखको क्यान्सरबनाउने भाइरस आएपनि रोकथाम गर्नसक्छ । यो खोप अलिकति महंगो छ त्यसैले सबै ठाँउमा पुग्न सकेको छैन । त्यसैले अहिले नियमित रुपमा पाठेघरको जाँच गराउनु राम्रो हुन्छ । सकेसम्म हरेक बर्ष नभए दुई तीन बर्ष विराएर पाठेघरको स्क्रिनिङ गर्नु राम्रो हुन्छ ।

विभिन्न क्यान्सरको विभिन्न रुप हुन्छ तर यो क्यान्सर स्टेज जीरो, वान टु हुँदै स्टेज फोर सम्म पुग्ने हुनाले यदि रेगुलर चेकअप गरायो भने फोर्थ स्टेजको अवस्था आईपुग्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *