काठमाडौँमा गर्भपतन गराउनेमध्ये एक तिहाई महिला २० बर्ष मुनिका

काठमाडौँ, १ फागुन । काठमाडौँमा सरकारसंग अनुमति लिएका सुचिकृत संस्थाबाट गर्भपतन गराएका महिलामध्ये एक तिहाई बढी २० बर्ष मुनिका रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार गतवर्ष जिल्लामा १५ हजार ६०३ जनाले सूचिकृत संस्थाबाट गर्भपतन गराएका थिए । त्यसमध्ये ५ हजार ३०७ जना महिलाको उमेर बीस बर्ष मुनि छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले यो तथ्यांक सूचिकृत संस्थाको मात्रै रहेको भन्दै अवैध सूचिकृत नभएका संस्थाबाट यो सेवा लिनेको तथ्यांक केलाउने हो भने झनै भयावह हुने बताए ।

हामीसंग आएको तथ्यांक हामीसंग अनुमति लिएर सञ्चालित संस्थाको मात्रै हो । काठमाडौँमा अनुमति नलिएका पनि कतिपय संस्थाहरु हुनसक्छन र ती संस्थाबाट हुने गर्भपतनको दर हामीले अनुमान मात्रै गर्न सक्छौँ । उनले सूचिकृत नभएका गर्भपतन सेवा केन्द्रहरुबाट किशोर किशोरीहरुले गर्भपतन गराउन सक्ने संकेत गरे ।

त्यसो त सरकारी तथ्यांकमा बार्षिक औषत ८० हजार महिलाले गर्भपतन गराउने गरेको देखिन्छ तर भर्खरै सार्वजनिक भएको प्रतिवेदनले बार्षिक ३ लाख २३ हजारले गर्भपतन गराउने गरेको खुलेको छ ।

बाताबरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा र अमेरिकास्थित गुडामाकर इन्स्टिचूट नामक संस्थाले संयुक्त रुपमा गरेकोे अध्ययनले यस्तो नतिजा देखाएको हो ।

अध्ययनले गर्भपतन गराउनेमध्ये १ लाख ३७ हजार (४२ प्रतिशत) सरकारद्धारा सूचिकृत संस्थाबाट र १ लाख ८६ हजार एक सय (५८ प्रतिशत) सूचिकृत नभएका संस्थाबाट गर्भपतन गराउने गरेको देखाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *