उल्लंघन भएको सम्झौँता सच्याउन भन्दै डा. केसीद्धारा तीन साताको अल्टिमेटम

काठमाडौँ, २३ पुस । विद्यार्थी भर्ना तथा शुल्क सम्वन्धी आईओएम फ्याकल्टीबोर्डको अधिकार तथा सम्वन्धन दिने आईओएमको अधिकार कटौती गर्न लागेको भन्दै खोजेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आपत्ति जनाएका छन् ।

उनले प्रधानमन्त्री शिक्षा मन्त्री समेतको सम्लग्नतामा निर्णय भएको भन्दै आफूसंग विगतमा भएका सम्झौता विरुद्ध हुनेगरी निर्णय भएको भन्दै आपत्ति जनाएका हुन् ।

डा केसीले यी निर्णय तत्काल सच्याउन र विगतमा आफूसंग भएका सहमतिलाई कार्यान्वयनमा ल्याउन तीन साताको अल्टिमेटम दिएका छन् ।

शनिबार विज्ञप्ती जारी गर्दैै डा केसीले हालै भएको सिनेटको निर्णय उल्ट्याउन, निर्णय गर्ने माथि कारबाही गर्न माग गरेका छन् । उनले नामै तोकेर काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा रामकण्ठ माकजुलाई फेरी उपकुलपति नबनाउन समेत चेतावनी दिएका छन् ।

सो अवधीमा कार्यान्वयन सम्झौताको कार्यान्वनयन नभए पुन अनसन बस्ने चेतावनी दिएका छन् । विज्ञप्तीमा भनेका छन्, ‘तीन हप्तामा ती कामहरु भएनन भने राजनीतिक नेतृत्वको बेईमानी, गैर जिम्मेबारीपन, संवेदनविहनीनता र आपराधिक मानसिकता विरुद्ध सत्याग्रह सहित विरोधका कार्यक्रम गर्न हामी बाध्य हुनेछौँ ।’

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *