टिचिङभित्र औषधि पसलको मासिक भाडा २८ लाख रुपियाँ !

फाईल तस्बिर

काठमाडौँ, १४ पुस । एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला ? १५ हजार, २० हजार कि ५० हजार । तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ ।

अस्पताल परिषरमै रहेको विपी कोइराला बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले पानारोमा मेडिकललाई मासिक २८ लाख एक हजार रुपैयाँ बुझाउने गरी सटर भाडामा दिन लागेको छ । जुन सर्वोच्चको आदेश विपरीत समेत हो ।

सर्वोच्च अदालतले २०७२ साल असार १३ गतेका दिन सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठहर गर्दै अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो ।

आफ्नै फार्मेसी राख्दा आम सर्वसाधारणलाई सरकारले तोकेको निशुल्क औषधि, मुल्यमा सहुलियत तथा अस्पतालकै आम्दानी समेत बढने भएको भन्दै सरकारले फार्मेसी अनिवार्य गरेको हो ।

त्यसो त वर्तमान सरकारले समेत अस्पताललाई आफैँले औषधि पसल राख्न निर्देशन गर्दै त्यसका लागि बजेट विनियोजन गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. आनन्द शर्माले केन्द्रको छुट्टै फार्मेसी भएको जानकारी दिँदै विगतदेखि नै निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिएको बताए । उनले भने, “पुरानो फार्मेसीलाई निरन्तरता दिन खोजिएको हो । टुङ्गो लागिसकेको छैन, यसलाई महत्व दिनु जरुरी छैन । ”

  • आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *