यी हुन् मधुमेह रोग बारेमा सुनिने भ्रम र बास्तविकता

untitled-1-copy

भ्रम १.  मधुमेह भएका बिरामीले भात, चिनी आलु खान हुन्न ?

बास्तबिकता :  मधुमेह भएपछि भात खान हुँदैन चिनी खान हुँदैन, आलु खान हुँदैन भन्ने भ्रम छ । तर यथार्त के हो भने खान जे पनि हुन्छ । मधुमेहका बिरामीले शरीरमा जति क्यालोरी आवश्यक पर्छ त्यति खानु पर्छ ।

हामीले खाने पानी बाहेक हरेक खानामा क्यालोरी हुन्छ । कुनैमा बढी हुन्छ कुनैमा कम । बढी क्यालोरी हुने खानेकुरा कम गरेर खान सकिन्छ । जस्तै : मानौ तपाईँलाई १८०० क्यालोरी चाहियो भने एक कचौरा भात खानुभयो भने २०० क्यालोरी हुन्छ ।

एक चम्चा चिनीमा जम्मा २० क्यालोरी हुन्छ । दिनमा एक चम्चा चिनी हालेर खान के हुन्छ ? धेरै पो खान भएन त । त्यस्तै आलु पनि मिलाएर अर्थात कम मात्रामा खान सकिन्छ । त्यसैले मात्रा मिलाएर क्यालोरी मिलाएर धेरै कुरा खान सकिन्छ ।

भ्रम २.  खानपान र व्यायमबाटै मधुमेहरोग नियन्त्रण गर्छु

बास्तबिकता : खानपान र व्यायमबाटै अर्थात जीवनशैलीमा सुधार गरेर मधुमेह रोगलाई जित्छु भन्ने भ्रम मात्रै हो । यस्तो केही समयलाई नियन्त्रण होला तर जिन्दगीभर नियन्त्रण हुन्छ भन्ने होइन ।

अर्थात औषधि पनि चाहिन्छ । तपाईँ मानौ खानपानमा सुधार गरेर जित्छु भन्नु भयो भने तपाईँ केही पनि खान पाउनुहुन्न । क्यालोरी नियन्त्रण गर्न भात , चिनि केही पनि खानु भएन । यसरी त जिन्दगी चलाउन सकिदैन । यसरी झन अस्वस्थ भईन्छ । अर्थात शरीरलाई आवश्यक क्यालोरी नै पाइदैन ।

भ्रम ३. इन्सुलिन भनेको अन्तिम अवस्थामा औषधिले काम नगरेपछि चलाउने सुई हो 

बास्तबिकता : धेरै मधुमेहका विरामीमा हुने सबैभन्दा ठूलो भ्रम हो भन्छु म । इन्सुलिन भनेको अन्तिम अवस्थामा लगाउने सुई हो भन्दै कतिपय एकदमै आत्तिएको देखेको छु । कतिपयले लगाउनै नखोजेको समेत पाएको छु । तर यथार्तमा त्यो होइन ।

मधुमेह हुने भनेको पेन्क्रीयाजबाट इन्सुलिनको उत्पादन कम भएर हुने हो । मधुमेह भएपछि विस्तारै इन्सुलिनको मात्रा घट्दै जान्छ र एक दिन सून्य हुन्छ । त्यो सुन्य भईसकेपछि अर्थात अन्तिम अवस्थामा इन्सुलिन लगाउँदा केही फाईदा छैन् । किनकी एक त धेरै डोज चाहिन्छ । दिनमा दुई पटक होइन चार पटक पनि लगाउन पर्छ ।

यसले धेरै सुगरको रेसियोमा तलमाथि अर्थात गडबढी समेत पैदा गर्छ । त्यो बेलामा आँखा, मिर्गौलामा असर पारिसकेको पनि हुनसक्छ । त्यसैले त्यो बेलामा इन्सुलिन लाएर केही फाईदा छैन । त्यसैले हामीले अन्तिम अवस्थामा होइन बीच तिरै इन्सुलिन लगाउन भन्छौँ । त्यसो भयो भने कम डोज इन्सुलिनले दिनमा एक पटक लगाउदा पनि कभर हुन्छ ।

शरीरमा आफूसंग भएको इन्सुलिन बची राख्छ । सुगर पनि नियन्त्रणमा हुन्छ । त्यसैेले इन्सुलिन मधुमेहका लागि एकदमै राम्रो इलाज हो । जुन हर्मोनको कमीले मधुमेह हुन्छ । त्यो हर्मोन सुईबाट मात्रै दिन सकिने हुनाले इन्सुलिन सुई लगाउन भनिएको हो ।

तर हामीकहाँ डराएर हो या केले हो इन्सुलिन लिन निकै गाह्रो हुन्छ । कतिपयले इन्सुलिन इन्जेक्सन महंगो छ लगाउँदा दुख्छ वा बाहिर जाँदा लिएर जान गाह्रो हुन्छ भन्ने गरेको पनि सुनिन्छ । यो अर्को भ्रम हो ।

इन्सुलिन सुई महंगो पनि छ तर सस्तो सुईले उस्तै काम गर्ने पनि छ । त्यसैले महंगो नै लगाउन पर्छ भन्ने पनि छैन । यो सुई लगाउँदा दुख्दैन भनेपनि हुन्छ । अरु सुई जस्तो होइन यो एकदमै मसिनो हुन्छ । त्यस्तो दुखाउदैन ।बाहिर जाँदा पनि लिएर जान सकिन्छ । ट्राभल किटहरु पाइन्छ । त्यस्तो अप्ठेरो हुँदेन ।

(डा.  जोशीलाई काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टर जावलाखेलमा भेट्न सकिन्छ ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “यी हुन् मधुमेह रोग बारेमा सुनिने भ्रम र बास्तविकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *